site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पार्टीका नेताहरूका नाममा सञ्चालित प्रतिष्ठानहरू गुटबन्दीका कारक भएकाले तिनलाई बन्द गर्नुपर्ने माग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्यहरुले गरेका समाचार सार्वजनिक भएको छ । नेकपाका नेताहरूले आफ्नै पार्टीका दिवंगत नेताका नाममा खोलिएका प्रतिष्ठानलाई ‘गुटबन्दीका स्रोत’ भन्दै बन्द गर्न माग गरेका हुन् । पार्टीभित्रको गुटबन्दी सम्बन्धित पार्टीकै नेता कार्यकर्ताको चिन्ता र चासोको विषय हो । तर, उनीहरूले आफ्नो पार्टीभित्रको गुटबन्दीको समस्या समाधानका लागि सुझाएको उपाय अलोकतान्त्रिक हो । उनीहरूकै नेताका नाममा खुलेका भए पनि प्रतिष्ठानहरू कानुनी व्यक्ति हुन् । यसैले कुनै पार्टी वा कसैको  लाभहानिका नाममा बन्द गर्ने अधिकार हुँदैन । तर, यस प्रकरणमा सबैको चासोको विषय भने नेताका नाममा खोलिएका प्रतिष्ठानमा राज्यको ढुकुटीको ब्रह्मलुट हो । पार्टीहरूभित्र गुटबन्दी होस् कि नहोस् राज्यको ढुकुटीको अपव्यय भने रोकिनु नै पर्छ । 

नेकपाका केही केन्द्रीय सदस्यहरूले भनेजसरी राजनीतिक नेता वा अरू कसैका नाममा खोलिएको संस्थाहरू बन्दै गर्न त नेपालको संविधानले अनुमति दिँदैन । प्रचलित कानुनअनुसार संघसंस्था खोल्ने स्वतन्त्रता सबै नागरिकलाई हुन्छ । तर, त्यस्ता संघसंस्था सञ्चालन गर्न राज्यको कोषबाट गरिने खर्च रोक्न माग गर्ने अधिकार भने नेपाली जनतालाई छ । एकातिर, देशको स्वास्थ्य, शिक्षाजस्ता सामाजिक सेवाका क्षेत्रमा स्रोतको अभावले पर्याप्त बजेट विनियोजन नगर्ने र अर्कातर्फ पहुँचवालाहरूलाई राजनीतिक दलका नेताहरूका नाममा राज्यको ढुकुटी लुटाउने छुट सरकारलाई हुनु हुँदैन । अहिले बीसौं नेताहरूका नाममा सयौं संस्था खोलेर स्थानीयदेखि संघीय सरकारसम्मको बजेटबाट करोडौं रूपियाँ बर्सेनि अपचलन हुने गरेको छ । यस्तो पैसाको हिसाबकिताब पनि पारदर्शी हुँदैन । यसैले राज्यले यस्तो अनुदान बन्द गर्नुपर्छ भनिएको हो । 

मूलतः नेताहरूका नाममा बनाइएका त्यस्ता संस्थामा जाने बजेट मूलतः तिनै प्रतिष्ठानका सञ्चालक र तिनका आसेपासे कर्मचारी पोस्नमा खर्च हुन्छ । त्यस्ता प्रतिष्ठानहरू तिनै नेताका पार्टी र अझ गुटका सदस्यहरूबाहेक अरूको पहुँचमा पनि हुँदैनन् । यस्तै, स्थानीय सरकारलगायत राज्यका अन्य निकायप्रति त्यस्ता प्रतिष्ठानका सदस्यहरू जवाफदेही पनि हुँदैनन् । त्यस्ता संस्थालाई पहुँचका आधारमा बजेट थपघट हुने गर्छ । अर्थात्, यस्तो संस्थालाई दिइने अनुदान पारदर्शी र उत्तरदायी हुँदैन । खर्च अपारदर्शी हुनेबित्तिकै भ्रष्टाचारको जोखिम पनि बढ्छ । यसैले यस्ता प्रतिष्ठानहरू भ्रष्टाचारका अखाडा बन्ने गरेका हुन् । नेताका नाममा खोलिएका प्रतिष्ठानहरूमा भ्रष्टाचार हुने जान्दाजान्दै राज्यकै कोषबाट रकम उपलब्ध गराउने सरकारलाई अरू सामाजिक संस्थालाई तिनको आयव्यय बारे प्रश्न गर्ने नैतिक अधिकार पनि हुँदैन । यसैले नेताहरूका नाममा खोलिएका प्रतिष्ठान बन्द गर्ने हैन तिनलाई राज्यको कोषबाट दिइने अनुदान सरकारले रोक्नुपर्ने देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC