site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अहिलेका बालबालिकाको सातवर्षमै छुट्टै मोबाइल 
Ghorahi CementGhorahi Cement

एजेन्सी । अहिलेका प्रायः बालबालिकाहरुले सातवर्षको उमेरदेखि नै छुट्टै मोबाइल फोन बोक्न सुरु गर्ने एक नयाँ अध्ययनले देखाएको छ ।  युवा पुस्ताहरुमा मोबाइल फोनलगायत डिभाइसको मोह बढ्दै गएको र उनीहरुको जीवनमा मोबाइलको भूमिका महत्वपूर्ण बन्दै गएकाबारे अध्ययनले सबैको ध्यान केन्द्रित गराएको हो । 

यसमा धेरैले आफू फोनबिना रहनै नसक्ने स्वीकार गरेका हुन् भने आधा भन्दा बढी बालबालिकाहरुले सधैँ फोन छेउमा राखेर सुत्ने गरेको बताइएको छ । 

‘चाइल्डवाइज’ फाउन्डको रिपोर्टअनुसार समग्रमा बालबालिकाहरुले प्रत्येक दिन कम्तीमा पनि तीनघण्टा २० मिनेट म्यासेजिङ, गेम खेल्ने र अनलाइन बस्ने गरेका छन् ।  सो समय अघिल्लो वर्षको भन्दा केही कम हो । युवाहरुले मोबाइल फोनबाटै सबैभन्दा बढी इन्टरनेट चलाउने गरेकाले पनि फोनको निर्भरता बढेको बताइएको छ । 

Agni Group

५ देखि १० वर्षका आधाभन्दा धेरै बालबालिकासँग मोबाइल फोन 

यसरी अनुसन्धाकर्ताहरुले मोबाइल फोन कसरी युवाहरुको जीवनमा हावी भइरहेको भन्ने यहाँबाट पनि थाहा पाउन सकिने बताएका हुन् । 

Global Ime bank

बेलायतमा मात्र पाँचदेखि १७ वर्षसम्मका २ हजार बढी बालबालिकामा गरिएको सर्वेक्षणमा ५३ प्रतिशतले सात वर्षको उमेर हुँदैदेखि आफ्नो छुट्टै फोन चलाउन सुरु गरेको बताएका हुन् । 

यसमा एघार वर्षसम्ममा ९० प्रतिशतसँग आफ्नै मोबाइल हुने गरेको रिपोर्टमा उल्लेख छ ।  प्रश्न गरिएका हजारौँमध्ये ३९ प्रतिशतले आफू मोबाइलबिना बस्नै नसक्ने बताएका छन् ।  सो तथ्याङ्क गतवर्ष ३३ प्रतिशतमा थियो । यसमा पनि विशेषगरी १५ र १६ वर्षका किशोरहरु मोबाइल फोनबारे सबैभन्दा बढी चिन्तित रहने गरेको रिपोर्टले जनाएको छ । 

त्यस्तै ५७ प्रतिशतले चाहिँ आफू मोबाइल फोन छेउमा राखेर सुत्ने गरेको बताए ।  ४२ प्रतिशत बालबालिकाले भने निरन्तर चार्ज सकिरहनेप्रति पनि अधिक चिन्तित रहेको बताएका हुन् ।  अनुसन्धानका प्रमुख, साइमन लेगेटका अनुसार यसले अभिभावकका लागि सबैभन्दा ठूलो समस्या गराइरहेको छ । 

उनले भनेका छन्, “जुन समयदेखि बच्चाले आफ्नै मोबाइल बोक्न सुरु गर्छ, अभिाभावकलाई उसका अनलाइन गतिविधि नियन्त्रण गर्न झन कठिन बन्दै जानेछ । उनीहरुले सुत्दा पनि डिभाइस नछाड्ने हुनाले तिनका लागि यो निजी प्रविधि धेरै महत्वपूर्ण बन्न पुग्छ ।”  गार्जियन
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC