site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रशासनिक हेलचेक्य्राइँ र बदनियतका कारण देखिएका कमजोरीलाई पनि प्राविधिक कारण देखाएर ढाकछोप गर्न नेपालका सरकारी कर्मचारीहरू खप्पिस छन् । प्रशासनिक अकर्मण्यताका कारण विनियोजित विकास खर्च गर्न नसक्ने कर्मचारीलेसमेत आफूलाई जोगाउन कुनै न कुनै बहाना सजिलै बनाउँछन् । यसैले सडक विभागका अधिकारीहरूलेसंसदीय समितिमा दिएका उत्तरमा देशका विभिन्न भागमा प्राविधिक कारणले बन्न नसकेका आफैँले डिजाइन गरेका पुलका लागि समेत अरू नै जिम्मेवार भएको उत्तर दिएको हुनुपर्छ । संसद्को विकास तथा प्रविधि समितिमा सडक विभागका अधिकारीले पोहोर यतामात्रै पनि ९६ पुलको निर्माण ठेकेदारका कारण समस्यामा परेको बताए । निर्माण कार्यको जिम्मा लिएर पनि काममा हेलचेक्य्राइँ र आलटाल गर्ने ठेकेदारको आँट भने सडक विभागकै कर्मचारीका कारण पलाएको यथार्थ भने बताएनन् ।  

सडक विभागका अनुसार नेपालमा अहिले निर्माणाधीन करिब ११ सय पुलमध्ये स्थानीय सडकमा ६८, रणनीतिक सडकमा १९, हुलाकी राजमार्गमा ५ र मध्यपहाडी लोकमार्गमा ४ पुलको निर्माणमा समस्या उत्पन्न भएको छ । यसो हुनुमा ठेकेदारको लापरबाही, निर्माण, डिजाइन र हस्तान्तरणमा ढिलाइ जस्ता कारण रहेको बताइएको छ । यसैगरी यस्तै डिजाइनअनुसार काम नहुनु, जगको डिजाइनमा समस्या देखिनु, डिजाइन हेरफेर हुनुजस्ता कारणले पनि ठेकेदारले काम रोकेको सडक विभागका अधिकारीहरूले भनेका छन् । पक्कै पनि सडकका पुलहरूलगायत सार्वजनिक निर्माणमा देखिएको ढिलासुस्ती, कमजोर गुणस्तर र हेलचेक्य्राइँका मूल दोषी निर्माण व्यवसायी अर्थात् ठेकेदार नै हुन् । तर, सरकारको सम्बन्धित कार्यालयका कर्मचारीको पनि त्यसका कम दोष भने हुँदैन । यसैले आफू र आफ्ना मातहतका कर्मचारीको दोष अरूका थाप्लामा हालेर पन्छने कर्मचारी प्रवृत्तिमा सुधार नभएसम्म समस्या समाधान हुँदैन ।

निर्माणको आरम्भ हुनुभन्दा पहिलेदेखि नै संलग्न सरकारी कर्मचारी इमानदार हुने हो भने निर्माण व्यवसायी सजिलै ‘कामचोर ठेकेदार’मा रूपान्तरित हुन सक्ने थिएनन् । त्यस्तै, राजनीति गर्नेहरूले ठेकेदारको पैसामा लोभ नगर्ने हो भने पनि निर्माण व्यवसायीलाई सार्वजनिक निर्माणका काममा बदनियतपूर्ण लापरबाही गर्ने आँट आउने थिएन । राजधानीका केही सडकको दुर्दशाका लागि सत्तारुढ दलका एक जना अध्यक्षको निकट निर्माण व्यवसायी जिम्मेवार देखिनुले पनि राजनीतिक दलका नेता र ठेकेदारको साँठगाँठको पुष्टि हुन्छ । अतः विकास तथा प्रविधि समितिका सांसदहरूले नियमित औपचारिकता पूरा गर्नका लागिमात्र सडक विभागका कर्मचारीसँग सोधपुछ गरेका हैनन् भने ठेकेदारका साथै कर्मचारी र ती दुवैथरीका ‘संरक्षक’ राजनीतिक दलका नेताहरूको भूमिकाका सम्बन्धमा पनि अध्ययन गरेर निष्कर्ष सार्वजनिक गर्ने आँट गर्नुपर्छ । नत्र, यस्ता अभ्यासहरू भ्रष्ट कर्मचारी र ठग ठेकेदारका लागि ‘वरदान’ सिद्ध हुनेछ । कम्तीमा पनि जनताका प्रतिनिधि अझ त्यस्ता पुल नबन्दा सास्ती भोगिरहेका जनताका प्रतिनिधि त गम्भीर र इमानदार भए हुन्थ्यो !    
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC