site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
अमेरिकाको पत्रले रोकेको थियो चीनसँग नेपालको सुपुर्दगी सन्धि 
Sarbottam CementSarbottam Cement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शपथ ग्रहणपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठक, चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस, सभामुखमा अग्निप्रसाद सापकोटाको चयनलगायतका विषयवस्तु गत साता मिडियामा चर्चामा रहेका प्रमुख विषय हुन् । 

नेकपाको केन्द्रीय कमिटीको बैठक जारी छ । एमसीसी, नेकपा नेतृत्वको सरकारले गरेका काम, पार्टी  नेतृत्वको गतिविधि, एकता प्रक्रियालगायतका विषयमा जारी बैठकमा छलफल भइरहेको छ ।

जुन पत्रले रोक्यो सुपर्दगी सन्धि 

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुर दैनिकमा बुधबार प्रकाशित एउटा समाचारले भने यो साता धेरैको ध्यानाकर्षण गरेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ असोजको तेस्रो साता नेपाल भ्रमणमा आएका थिए । उनी नेपाल आएका बेला नेपाल र चीनबीच सुपुर्दगी सन्धि गर्ने तयारी पनि थियो । तर, कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेको समाचारअनुसार त्यसको ठीकअगाडि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले ‘चीनसँग सुपुर्दगी सन्धि नगर्न’ आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पत्र लेखेको रहेछ ।

Global Ime bank

यो समाचार बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

समाचारमा भनिएको छ – चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणमा चीनसँग सुपुर्दगी सन्धि गर्न नेपाल तत्पर रहेको र यसबाट नेपालमा रहेका तिब्बती शरणार्थी हटाउने प्रक्रिया अघि बढ्न सक्ने’ भनी पत्र लेखेर ध्यानाकर्षण गराएइको थियो । अमेरिकी विदेश नीतिलाई दिशानिर्देश गर्ने संसदीय समितिको तर्फबाट सिनेटरले प्रधानमन्त्री ओलीलाई पत्र लेखेका थिए । 

सम्भवतः यही पत्रले चीन र नेपालबीच हुने भनिएको सुपुर्दगी सन्धि हुन सकेन । 

सभामुखमा अग्नि सापकोटा चयन 

प्रतिनिधि सभाले चार महिनापछि नयाँ सभामुख पाएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा जेल गएपछि सभामुख पद रिक्त थियो ।

रिक्त सभामुख पदमा आइतबार नेकपाका नेता अग्नि सापकोटा  चयन भएका हुन् । व्यक्ति हत्याको आरोप लागे पनि द्वन्द्वकालीन मुद्दा भएकाले अहिले उनलाई सभामुख बनाइएको नेकपाले स्पष्ट पारेको छ ।

तर, मानवअधिकारकर्मी र केही द्वन्द्वपीडितहरू भने उनको विरोधमा सडकमा उत्रिएका छन् । केहीले उनीहरुको विरोधलाई ‘स्वार्थ’ भनेका छन् भने केहीले उचित ठहर गरेका छन् । उनको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन रहेकाले सर्वोच्चको फैसलापछि नै उनी कारवाहीको भागिदार बन्छन् या बन्दैनन् भन्ने टुंगो लाग्नेछ ।

कोरोनाको सकस

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि देखिएको छ । चीनबाट फर्किएका एक जना नेपालीमा भाइरसको संक्रमण पाइएको हो । चीनबाट फैलिएको भाइरस अहिलेसम्म २० भन्दा बढी मुलुकमा पुगिसकेको छ ।

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार नेपालसँगको सीमा नाकाबाट चीनले नेपाल प्रवेश गर्ने चिनियाँलाई कडाइ गरेको छ । यसअघि नेपालले पनि नेपाल प्रवेश गर्ने नाकाबाट केही दिनलाई चिनियाँ प्रवेशमा रोक लगाएको थियो ।

चीनले कोरोना संक्रमित भएको शंका लागेका व्यक्तिलाई अर्को देश जाने अनुमति दिएको छैन ।

आस्था प्रकरण 

गायिका आस्था राउतलाई प्रहरीले अभद्र व्यवहारमा जाहेरी दर्ता गर्दै एकदिन हिरासतमा राखेपछि प्रहरीको त्यस कदमको विरोध भएको छ । सामाजिक सञ्जालमा मात्रै नभएर पत्रपत्रिकामा यस विषयमा सम्पादकीय, समाचार, टिप्पणी र बहस भएका छन् । कान्तिपुर दैनिकले सम्पादकीय लेख्दै भनेको छ – प्रहरी र गृह प्रशासन राज्यका निकाय हुन्, उनीहरु बढी संम्यमित हुनुपर्छ । मुलुकको प्रशासन शक्ति हातमा भएकाहरु बदलाको भावनाले उत्प्रेरित हुनु हुँदैन ।

यसै विषयमा नयाँ पत्रिकामा प्रकाशित समाचार शीर्षक छ– ‘डन सांसदलाई तीनदिनमै उन्मुक्ति, गायिकालाई चारदिन थुना ?’

समाचारअनुसार कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङमाथिको अनुसन्धान प्रहरीले दुईदिनमै टुंग्याएको भए पनि आफैँ प्रहरीमा उपस्थित भएकी गायिकालाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिइएको थियो ।

प्रधानमन्त्रीको फितलो वकालत 

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा एमसीसी पारित गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई नयाँ पत्रिका दैनिकले फितलो तर्क भनेको छ ।

नयाँ पत्रिकाको सम्पादकीयमा भनिएको छ – प्रधानमन्त्रीले पार्टीका केन्द्रीय सदस्यसामु एमसीसी तत्काल पारित गर्नुपर्ने भन्दै दिएका तर्क निकै फितला छन् ।’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC