site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा सांसद झपट रावल भन्छन्, ‘कैलाली–कञ्चनपुर जोड्ने ८ लेनको सडक चाहियो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले कैलाली र कञ्चनपुर जोड्ने पूर्वपश्चिम राजमार्ग आठ लेनको बनाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबार जारी बैठकको शून्य समयमा रावलले कैलालीको चिसापानी र कञ्चनपुरको गड्डाचौकी खण्ड आठ लेनको बनाउन सरकारसँग माग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त सडक अत्यन्तै साँघुरो भएको र दिनानुदिन दुर्घटना हुँदा नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै उनले सडक स्तरोन्नतिको माग गरे । 

“कैलालीको चिसापानी र कञ्चनपुरको गड्डाचौकी जोड्ने एक सय २८ किमि खण्ड अत्यन्तै साँघुरो भएका कारण दिनप्रतिदिन दुर्घटना बढ्दै गएका छन्, दुर्घटनामा दिनदिनै नागरिक अंगभंग हुने, मृत्यु हुने दर बढेको छ,” सांसद रावलले भने, “उक्त सडकखण्डको स्तरोन्नतिका लागि कमितमा पनि आठ लेनको बाटो निर्माणको काम यथाशीघ्र सुरु गर्न आग्रह गर्दछु ।” 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC