site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सुरु
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ का विभिन्न सत्ताइस स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सुरु भएको छ । 

करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा प्रदेश सरकार र स्थानीय तहसमेतको सहभागिता हुने गरी मंगलबार कार्यक्रम शुभारम्भ गरिएको हो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विभिन्न १६ बालबालिकालाई व्हिलेचयर वितरण गरी विराटनगरमा कार्यक्रम शुभारम्भ गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री राईले सरकारले सबै नागरिकलाई उत्तिकै अवसर र सहज जीवनयापन गर्न दिनुपर्ने समाजिक सिद्धान्तको आधारलाई अंगिकार गर्दै कार्यक्रम शुभारम्भ गरिएको बताए । 

करुणा फाउन्डेसनका अध्यक्ष डा. भगवान कोइरालाले प्रदेश १ मा उदाहरणीय रुपमा कार्यक्रम शुभारम्भ हुनुले अपाङ्गता भएकाहरुको पहिचान, अवस्था र उनीहरुलाई गर्न सकिने सहयोगको पहिचान हुने बताए । 

Global Ime bank

भने,‘‘यो कार्यक्रम सकिँदा पाँच वर्षमा यसको रिजल्ट देखिने छ ।’’ 

उनले धेरै जनसंख्या भएको प्रदेश १ मा अपाङ्गता भएकाहरुको अवस्था जानकारी प्राप्त भएपछि स्थानीय तहहरुमा स्वास्थ्य केन्द्रको क्षमता अभिवृद्धि गरिनुपर्ने बताए ।

कार्यक्रम सुरु भएका स्थानीय तहहरुमा समुदायमा आधारित पुनर्स्थापना केन्द्रसमेत सञ्चालनमा आउनेछन् । 

यस अन्तर्गत अनौपचारिक शिक्षा, व्यावसायिक तालिम त्यसपछि बीउ पूँजीको व्यवस्था, दौंतरी शिक्षा, बाल क्लब गठन स्थानीय तह सुदृढीकरणलगायत क्रियाकलाप आयोजना हुने प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार कार्यक्रमले अपांगता भएका व्यक्तिहरुलाई सामाजिक रुपमा अन्तरघुलन गराउनसमेत मद्दत मिल्ने छ ।

यो सम्पूर्ण कार्यक्रम सञ्चालन गर्नको लागि बजेट रु एक अर्ब ८६ करोड ६ लाख २४ करोड लाग्ने अनुमान गरिएको छ । 

जसमा प्रदेश सरकारबाट ६१ करोड ८० लाख, स्थानीय तहहरुबाट ६१ करोड ८० लाख र करुणा फाउन्डेसन नेपालबाट ६२ करो ४४ लाख उपलब्ध हुने छ ।

कार्यक्रमको लक्ष्य जन्मजात तथा जन्म पश्चात हुने अपांगता न्यूनीकरण गर्ने, मातृशिशु मृत्युदर न्यूनीकरण गर्ने एवम् अपांगता भएका व्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्ने रहेको छ । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कार्यक्रमको कार्यान्वयन गर्न स्थानीय तहको ठूलो भूमिका हुने भएकोले पूर्णत सहयोग गर्ने बताए । 

कार्यक्रममा साहित्यकार झमककुमारी घिमिरे र चित्रकार आमिर बमजनलाई सम्मान गरियो । बमजनले कार्यक्रमस्थलमै मुखले चित्र बनाएर देखाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC