site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

उखु किसानहरूलाई सरकारले फेरि एकपटक झुक्याइदिएको छ । सरकारले जिम्मा लिएकाले किसानहरू चिनी मिल मालिकसँग बाँकी रहेको पैसा उठ्ने भरोसामा काठमाडौंबाट फर्केका थिए । यही २०७६ सालको माघ ७ गतेभित्र किसानहरूको पैसा सबै चुक्ता गर्ने मिल मालिकहरूको कबुलको जमानी सरकार बसेको थियो । तर, तोकिएको म्यादभित्र थोरै किसानले आंशिक भुक्तानीमात्र पाए । उखु किसानहरू चिनी कारखानामा मालिकसँग आफ्नो बक्यौता रकम उठाइमाग्न सरकारलाई गुहार्न काठमाडौं आएका थिए । तराईवासी किसानहरूले काठमाडौंमा मध्यमीनपचारको ठिहीमा दुई सातासम्म धर्ना दिएपछि बल्ल सरकारले वास्ता गरेको थियो । सरकार जमानी बसेपछि त्यसलाई पत्याएर किसानहरू माघ ७ गतेभित्र भुक्तानी पाउने विश्वास गरेर उतिबेला काठमाडौंबाट फर्केका थिए । 

त्यसपछि केही कारखानाले किसानलाई आंशिक भुक्तानी पनि दिएको समाचार आएको थियो । तर, माघ ७ गते किसानले सबै पैसा पाएनन् । सरकारको भरोसा गर्दा अधिकांश किसान फेरि पनि निराश भए । किसानको पैसा उठाइदिन खोजेको देखाउने तर तर सही अर्थमा भने केही पनि नगर्ने चरित्र सरकारी कर्मचारीले देखाएका छन् । सरकारको राजनीतिक नेतृत्वले पनि उखु किसानको हितमा लोलोपोतो सिबाय केही गरेको छैन । उखु किसानले पाउनुपर्ने अनुदान पनि नपाउनु सरकारको अनुदार चरित्रको अर्को उदाहरण हो । सरकारी संयन्त्रमा किसानको पहुँच नभएको वा हुन्छ भन्ने विश्वास नभएको कारण कृषिमा दिइने अनुदान वास्तविक किसानको हातमा पर्दैन । राज्यले किसानलाई दिने अनुदानको मूलतः सत्तारुढ दलका कार्यकर्ता, तिनका आफन्त र जनप्रतिनिधिहरूकै खल्तीमा पुग्छ । उखु किसानहरूले पाउनुपर्ने अनुदान त झन् बिचौलियाले हात पार्ने रहेछन् ।

 हामीले २०७६ पुस ११ गते सम्पादकीयमा उखु किसान फेरि ठगिने सन्देह प्रकट गर्दै लेखेका थियौँ – ‘‘उखु किसानलाई फेरि धोका नहोस् !’’ । नभन्दै किसानले धोका पाए । त्यही सम्पादकीयमा हामीले लेखेका थियौँ – ‘‘आफ्नो वाचाप्रति इमानदार हुने र सरकारको बचेखुचेको साख जोगाउने हो भने बक्यौता उठाएर किसानको पैसा असुल गर्न आजैदेखि सरकार सक्रिय हुनुपर्छ । माघ ७ गतेको म्याद नपुग्दै किसानले बक्यौता रकम पाए भने बल्ल सरकारले कर्तव्य पूरा गरेको ठहर्नेछ ।’’ सरकारले कर्तव्य पूरा गरेन । अझै पनि हामी सरकारलाई हामीले उति बेलै दिएको सुझाव फेरि सम्झाउन चाहन्छौँ – ‘‘किसानहरूप्रति अलिकतिमात्र पनि संवेदनशील भए सरकारले उनीहरूको पैसा राज्यले तिरेर उद्यमीसँग सरकारी बाँकीसरह असुल गर्नुपर्थ्यो ।’’ अझै पनि उपाय त्यही नै हो । सरकारको उखु किसानलाई ढाँट्ने नियत हैन भने तिनले चिनी कारखानासँग लिन बाँकी र अनुदानको रकम सरकारले राज्यको ढुकुटीबाट तिरोस् र चिनी कारखानाका मालिकसँग सरकारी बाँकीसरह उठाओस् !  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC