site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारी संयन्त्र नै हल्ला, सनक र शंकाबाट सञ्चालित हुने नेपालजस्तो मुलकमा संसारभर फैलिसकेको सरुवा रोग फेला पर्दा समाजमा त्रास फैलनु स्वाभाविकै हो । चीनले लामो समयसम्म गम्भीरतापूर्वक नलिँदा कोरोना भाइरस अहिले संसारभर फैलन पुगेको छ । नेपालमा पनि चीनबाट बिदामा घर फर्केका एक विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि सरकारी अकिारहरूले गरेका छन् । विश्वमा अहिलेसम्म ४१ जनाको ज्यान यस भाइरसले लिइसकेको जानकारी दिइएको छ । यो औपचारिक स्वास्थ्य संस्थामा उपचार गराउनेहरूको तथ्यांक हुनाले अरू धेरै जना कोरोनाबाट मरेका हुनसक्छन् । चीनको वुहान सरहबाट फैलन थालेको यो भारइससमाचार माध्यमहरूका अनुसार अहिले चीनभर फैलिइसकेको छ भने संसारका विभिन्न भागमा पुगिसकेको छ । 

नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दो छ । ‘एसिया टाइम्स’को जनवरी २५ को अनलाइन संस्करणमा चिनियाँ सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै दिइएको समाचारअनुसार बुधवारमात्रै तीन लाख जनाले वुहान सहर छाडेका छन् । गत वर्षको डिसेम्बर ३१ मै कोरोना भाइरसको संक्रमण भएको थाहा भइसकेको थियो । तर, चीनको अपेक्षाकृत बन्द राज्य संयन्त्रले सुरुमा त्यसलाई उपेक्षा गर्नेमात्र हैन दबाउन प्रयास समेत गरेछ । ‘एसिया टाइम्स’को अनलाइन संस्करणअनुसार कोरोना भाइरस महामारीका रूपमा फैलन थालेपछि संसारभर हल्लाखल्ला भइरहेका बेलामा चीनको सरकारी सञ्चार माध्यममा राष्ट्रपति सी जिनपिङको वुहान भ्रमणलाई २२ मिनेट प्रमुख समाचारका रूपमा देखाइयो भने कोरोनाको समाचारलाई १० औं स्थान दिइएको थियो । स्थिति नियन्त्रणबाहिर भइसक्ता पनि चीनले यसरी सामान्य रहेको देखाउन खोज्दा अहिले संसारभर कोरोना आतंक फैलन पुगेको हो ।  

नेपालले न चीनमा जस्तो निषेधको उपाय अपनाउन सक्छ न संक्रामक महामारीको उपेक्षा नै गर्न सक्छ । विशेषगरी चीनबाटै आउने पर्यटक, विद्यार्थी, व्यवसायीमात्र हैन तिनीहरूसँगै यात्रा गर्ने वा चीन भएर आउने अरू यात्रु पनि संक्रमित हुनसक्ने जोखिम उत्तिकै हुन्छ । यता, देशभित्र काठमाडौंमै कोरोना भाइरस परीक्षण गर्ने सुविधा पर्याप्त स सर्वसुलभ छैन भने काठमाडौंबाहिर पनि संक्रमित व्यक्तिहरू पुग्ने सम्भावना उत्तिकै छ । यसैले सरकारले कोरोनाको संक्रमण नेपालमा महामारी बन्न नदिन आवश्यक परीक्षण र रोकथामको व्यवस्था मिलाउन पूर्वक्रियाशिलता देखाउनुपर्छ । सबै यात्रुको सामान्य स्वास्थ्य परीक्षण गरेर संक्रमणको शंका भएकाहरूको थप जाँच गर्ने व्यवस्था मिलाइएका कोरोना भाइरस फैलनबाट रोक्न सकिनेछ । सरकारी संयन्त्रबाहिर रहेका विशेषज्ञहरूसँग पनि सल्लाह गरेर राष्ट्रिय संकटमा जस्तै सहकार्यका लागि समेत सरकार अग्रसर हुनुपर्छ । कोरोना भाइरसको संक्रमणलाई ‘दुहुनो गाई’ बनाउने वा रोकथामको विषयमा बाहिरी सहयोगको भर परेर पर्खने मूर्खता कसैले नगरून् भनेर राजनीतिक नेतृत्व चनाखो होस् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC