site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिद्धान्तमात्र हैन इच्छाशक्ति पनि हेरौँ 

आसन्न चुनाउले सामाजिक संजाललाई चोखो छाड्ने त कुरै भएन । नेपाल पछिल्लो समय सूचनाको हकमा अरु देशसँग सँगै उभिएन पुगेको छ ।  सामान्य  लेखपढ गर्न सक्ने मान्छे पनि अहिले संसारको  समसामयिक गतिविधिबाट बेखबर हुँदैनन् । अझ हरेक समाचारमा आलोचनात्मक, विश्लेषणात्मक, स्वीकारात्मक वा समर्थनात्मक टीकाटिप्पणी गर्न बूढी औँला चलाउनसमेत खप्पिस छन् ।  

अहिले कुनै सामग्री, संदर्भ वा घटना सामाजिक संजालमा देखापर्ने बित्तिकै पाउने चर्चाले मानिसलाई सुसूचित, शिक्षित पनि गराएको देखिन्छ भने दवाब(दिने),प्रशंसा वा निन्दाको बाटोमा डोऱ्याएको पनि पाइन्छ ।

 जसरी राजहंशले दूधपानीबाट दूधमात्र छुट्याएर खान सक्छ त्यसैगरी सामाजिक संजालको प्रयोगबाट सकेसम्म राम्रो कुरामात्र भन्ने बानी बसाउन सके बदलिँदो सूचना प्रविधिको प्रयोग सार्थक हुन्थ्यो ।   
  
समसामयिक गतिविधिलाई हामीले नजिकैबाट नियाल्न पाएका छौ । यस परिवेशमा हुन लागेको चुनाबले 'सोसियल मेडिया'मा अहिले रन्को छोडेको छ l हाम्रो बुझाइलाई अब प्रयोगमा ल्याउन आवश्यक छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

अबको चुनावमा मतदान गर्दा आफ्नो छनोट दलमात्र होइन उमेदवारकफ क्षमता पनि हेरेर प्रतिनिधि बनाउनुपर्छ । त्यो जिम्मेवारी हाम्रो हो । होइन भने  आफैँले छानेर पठाएको दल वा व्यक्तिको असफलतापछि गाली दिनुो कुनै तुक हुँदैन ।

नेताहरूले हामीलाई झुक्काएका होइनन् । हामी नै पटकपटक झुक्किएका हौँ ।  नत्र फेरि पनि ५०० रूपियाँको पेट्रोल र २०० को खाजासहित खरिदिएका 'आदर्श सिद्धान्तनिष्ठ' कार्यकर्ता पार्टीको झंडासहित मोटरसाइकलमा जिंदाबाद गर्न दकुरेको झलकलाई आश्चर्य नमानी हेर्नुपर्ने हुन्छ । 

Global Ime bank

हामीकहाँ पारिवारिक सदस्य राजनीतिमा भएर वा बाबुबाजे पहिलेदेखिनै कुनै दलको समर्थक भएर वा विभिन्न राजनीतिक झुन्डको पछि लागेर (चाहे त्यो कलेजमा  होस् वा कुनै संस्थामा वा अन्य कुनै इलाका/क्षेत्रमा) आफ्नो व्यक्तिगत वा सतही समर्थन रहेको पाइन्छ l दलहरुले जुनसुकै सिद्धान्त बोकेपनि  हाम्रो चाहना शान्ति,सम्बृद्दि र विकास नै हो l हामीले वाम हुँ भनेर कौलास्नेहरू यथास्थितिवादी भएको र दक्षिणपन्थी भनिने परिवर्तनवादी भएको पनि देखिसक्यौँ l वामपन्थी परम्परावादी भएको र दक्षिणपन्थी समाजवादी भएको पनि देख्यौँ l

त्यसैले अब हामी दलहरूले कुन सैदान्तिक राजनीति अवलम्बन गर्छन् भन्दा पनि अब कसरी देशको गरिबी र बेरोजगारीको अन्त्य गरी सम्बृद्ध देशको  मार्गचित्र कोर्न सक्छन भन्ने स्पष्ट खाका र उत्तर खोजिरहेका छौ l अब हामी जनताले परिवर्तनकामी नेतृत्व गर्नसक्ने व्यक्तिलाईमात्र चुन्नेछौँ । 

अहिलेको नेपाली राजनीतिका हस्तीलाई जे भनेर गाली  गरे पनि उनीहरुको आआफ्नो योगदान भोलि इतिहासले मूल्यांकन गर्नेछ l र यी राजनीतिक शक्तिको अस्तित्व शून्य गराएर नयाँ भनिने  वैकल्पिक राजनीतिले मात्रै देशलाई समुन्नत पार्छ भन्नेमा हामीले विश्वास गर्ने हो भने त्यो पनि हस्यास्पद नै हुन्छ । त्यसले भविष्यमा नैराश्यसमेत पैदा गर्नसक्छ । किनभने पुरानाहरुको लामो समयदेखिको अस्तित्व राजनीतिक क्षेत्रमा छ । अझ भनौ उनीहरूले केही नगरे पनि जनताले आजसम्म आँखा चिम्लेर भोट दिइरहेका छन् ।

हुनत, नयाँहरूको तदारुकतालाई सम्मान गरी मौका दिनुपर्ने हो ।  उनीहरुलाई विश्वास गर्ने आधार तिनको वैयक्तिक त्याग हो । त्यसैले अब जुनसुकै राजनीतिक दल र सिद्धान्तबाट प्रेरित वा परिचालित व्यक्ति किन भए पनि सबैबाट हामीले सक्षम र सम्भावनायुक्त व्यक्ति छान्नुबाहेक अरू विकल्प छैन l सामाजिक संजालमा पक्षविपक्ष, तर्कवितर्क, गालीगलौजबाट प्रभावितत हुनुको साटो आजसम्मको समर्थनले के पायौँ त्यो महसुस गर्नु राम्रो हुन्छ l

अबको चुनाब स्थानीय निकायको नभई स्थानीय सरकारको हुँदैछ भन्ने मनन गरी पार्टीगत धारणा त्यागेर सक्षम र दूरदर्शी उमेदवार छानेर भोलिदेखि नै कसरी परिवर्तन महसुस गर्नसक्छौँ भन्ने आँकेर मत हालौँ l अबको समग्र बुझाइ हाम्रालाई  हैन राम्रालाई चुनौ । राम्रो व्यक्ति जुनसुकै पार्टीको भए पनि हुन्छ  l  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC