site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णालीमा ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’
Ghorahi CementGhorahi Cement

सुर्खेत । ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मूल नारासाथ आयोजित कर्णाली प्रदेश विकास परिषदको बैठक सकिएको छ । 

परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सकिएको हो । बैठकमा सहभागी परिषद् सदस्यहरूले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मूलभूत रूपमा सही भए पनि अझै वस्तुनिष्ठ बनाउन सुझाएका थिए ।

Agni Group

प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागी परिषद सदस्यहरूले आधारपत्रबारे आ–आफ्ना सुझाव राखेका थिए । बैठकमा ४३ परिषद सदस्यहरूले सुझाव राखेका थिए । 

बैठकमा अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीवासी बनाउने दायित्व सबैको भएको बताए । उनले समृद्ध प्रदेशको एजेन्डामा सबैको एकता आवश्यक भएको बताउदै रचनात्मक रूपमा अघि बढनुपर्नेमा जोड दिए ।

Global Ime bank

मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण वनाउन सरकार गम्भीरतापुर्वक लागेको बताउदै ५ वर्षमा ११४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्याउने लक्ष्यसाथ सरकार अघि बढेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको बताउँदै जिल्ला सदरमुकामसम्म सडकै नपुगेका बेला जलमार्ग, हिमाली विमानस्थल, विद्युतीय रेलमार्ग जस्ता योजना काल्पनिक देखिने धारणा राखे ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधानबमोजिम गठित परिषद् बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, संसदीय दलका नेताहरू, संसदीय समिति अध्यक्षहरू, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरू, प्रदेशभित्रका सबै जिसस, गाउँपालिका र नगरपालिकाका प्रमुखहरूको सहभागिता थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC