site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बहिगर्मित जनमुक्ति सेना नेपालको माग, ‘अयोग्यको बिल्ला हटाइयोस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूमाथि लगाइएको कथित् अयोग्य बिल्ला खारेजीको माग गरेको छ । यस्तै औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्न पनि आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेललन गरी माग गरेको हो । 

उसले आफूहरूको माग पूरा नगर्न वर्तमान ऊर्जामन्त्री वर्षमान पुनले मुख्य भूमिका खेलेको आरोप पनि लगाएको छ । यही माघ ९ र १० गते काठमाडौंमै सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट पारित निर्णय तथा आगामी कार्ययोजना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बहिर्गमित सेनाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचित संघर्ष समितिका कार्य समितिको नामावली पनि सार्वजनिक गरिएको थियो । यस्तै सम्मेलनले विभिन्न ७ बुँदे माग पनि अघि सारेको छ ।

यस्तै नयाँ केन्द्रीय पदाधिकारीको संरक्षकमा जिग्मी र सल्लाहाकार संयोजकमा लालचन्द्र वि.क. (दुर्योधन) छन् । इन्चार्जमा भने असिम लिम्बू (सुनील) निर्वाचित भएका छन् । संगठनको अध्यक्षमा रमेश बसेल, वरिष्ठ उपाध्यक्षमा योग्यबहादुर कार्की, उपाध्यक्षमा खड्गबहादुर रम्तेल, उपाध्यक्ष तथा प्रवक्ता राजन मगर, महासचिवमा कोपिला राई, उपमहासचिवमा राजकुमार राई, सचिवमा भीमबहादुर तामाङ, मोतीसरा खड्का, अनीता परियार, गोपाल बस्नेत निर्वाचित भएका छन् । 

Global Ime bank

त्यस्तै, सहसचिवमा सविन पुन, शारदा राई, पुष्कर सेढाइँ, रेमबहादुर पुन निर्वाचित भएका छन् भने कोषाध्यक्षमा भक्त रोकाय निर्वाचित भए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC