site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उत्पादन क्षेत्रमा लगानी बढाउनूस् : अर्थमन्त्री खतिवडा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जीडीपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरूलाई सचेत गराएका थिए । उनले नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरूले कर्जाको आयतन बढाउनेभन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिलेको अवस्थामा कुल गार्हस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्था समेत आएको बताए । तर पनि बैंकहरूले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उनको धारणा थियो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गरे । उनले निक्षेपमा कम ब्याजदर दिएकाले बचतकर्ता निराश हुनसक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गरे । उनले दीर्घकालीन रूपमा ठुला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताए ।

Global Ime bank

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताए । उनले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको बताए ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले चालु वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको तथा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको जानकारी दिए । उनले बैंकको कुल सम्पत्ति २ खर्ब ५० अर्ब पुगेको तथा कर्जा पुँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको समेत जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC