site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्तोषको निर्णायक गोलमा च्यासल विजय
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्जुरी समयमा कप्तान सन्तोष साहुखलले गोल गरेपछि च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

आठौं चरणको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि १–० को नतिजा निकाल्दै च्यासलले दोस्रो जित दर्ता गरेको हो । च्यासलको जितमा कप्तान साहुखलले अन्तिम समयमा निर्णायक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित समयसम्म गोलरहित बराबरी भएको खेलमा च्यासल इन्जुरी समयमा गोल गर्न सफल भयो । च्यासलका लागि कप्तान सन्तोषले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् । उनको गोलसँगै च्यासल विजय भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि ८६औं मिनेटमा च्यासल प्राप्त कर्नरलाई सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट वञ्चित रहेको थियो । ७४औं मिनेटमा च्यासलका अमिर श्रेष्ठ सुन्दर अवसरलाई खेर फालेका थिए । ६५औं मिनेटमा च्यासलका सुनील खड्काको प्रहार बाहिरिएको थियो ।

३४औं मिनेटमा बीबीसीका कप्तान अनिल गुरुङको प्रहार बाहिरिँदा बीबीसी अग्रता लिनबाट वञ्चित भएको थियो । जितसँगै ३ अंक जोडेको च्यासलको जारी लिगमा ९ अंक भएको छ । च्यासलले यसअघिका ७ मध्ये १ मा जित ३ मा बराबरी र ३ मा हार ब्यहोरेको थियो । पराजित बीबीसीको ८ अंक छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC