site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फिक्कलमा व्यायामशालासहितको उद्यान बन्ने
Sarbottam CementSarbottam Cement

पशुपतिनगर । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा तीन करोड रुपैयाँ बढीको लागतमा सार्वजनिक व्यायामशालासहितको उद्यान निर्माण गरिने भएको छ । सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा उद्यान निर्माण हुन लागिएको हो । 

उद्यान निर्माण गरी सञ्चालन गर्ने विषयमा फक्कलस्थित लोपोन्मुख लाप्चा समुदायको पुरातात्विक गुम्बा (फेन्सोङ) को संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाबीच छलफल भइ सम्झौता पनि भएको छ । उद्यान निर्माणसँगै गुम्बाको मर्मत तथा सम्भार गर्न पुरातात्विक विभागको सल्लाह सुझावअनुसार गरिने नगरप्रमुख रणबहादुर राईले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

गुम्बाबाहेक झन्डै १२ रोपनीमा सार्वजनिक व्यायामशालासहितको उद्यान बन्नेछ । सो उद्यानको सञ्चालनको जिम्मा फेन्सोङलाई दिइनेछ । संरचनाको कार्य दुई चरणमा हुनेछ । यही माघमा पहिलो चरणको बोलपत्र आह्वान हुनेछ । सूर्योदय नगरपालिकाको तर्फबाट कायममुकायम प्रमुख प्रशासकीय अधिकृत रूद्रनारायण सापकोटा र फेन्सोङ गुम्बाको तर्फबाट अध्यक्ष प्रेमबहादुर लाप्चाले  सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, वडा १० का अध्यक्ष पेमाउगेन लामा, कार्यपालिका सदस्य वीरबहादुर लाप्चा, प्रशासकीय अधिकृत सविना चौलागाईं, मानवीर लाप्चालगायतको उपस्थिति थियो । सूर्योदय नगरपालिकाले लोपोन्मुख लाप्चा जातिको आस्थाको धरोहर फेन्सोङ गुम्बा क्षेत्रलाई संरक्षण, प्रवर्द्धन गर्ने हेतुले डीपीआर तयार गरी केही दिनमै निर्माण अगाडि बढाइने वडाध्यक्ष पेमा उगेन लामाको भनाइ छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC