site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संघ र स्थानीय तहमा युवा विकास कार्यक्रम लागु गर्ने सम्झौता
Ghorahi CementGhorahi Cement

काठमाडौं । संघीय तथा स्थानीय तहमा युवाको विकाससम्बन्धी कार्यक्रम लागू गर्न राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी परिषद् र पालिकाबीच समझदारीपत्रका हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, युवालक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र सम्पादन गरेका नव प्रवर्धनात्मक कार्यलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा योगदान पु¥याउने उल्लेख गरिएको छ ।

Agni Group

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाको विकास तथा युवा परिचालन मार्फत सामाजिक जागरण र समृद्धिका अभियान सञ्चालन गर्दै युवालाई उद्यमशील, आत्मनिर्भर तथा स्वरोजगार बनाउने अभियान अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्न लागिएको बताए ।

उनले विश्वमा सबैभन्दा बढी बेरोजगार युवा रहेका देशहरूमध्ये नेपाल अग्रस्थानमा रहेकाले पनि स्थानीय तहसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए ।

Global Ime bank

सम्झौताले युथ भिजन २०२५ मा उल्लेखित युवा विकासका लागि पाँच आधार स्तम्भ गुणस्तरीय तथा व्यावसायिक शिक्षा, रोजगारी उद्यमशीलता सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनको कार्यान्वयनका लागि सहयोग पु¥याउने समेत बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC