खेल
काठमाडौं । च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग गोलरहित बराबरी खेलेको छ ।
आठौं चरणको खेलमा आमनेसामने भएको च्यासलले पहिलो हाफको समाप्तिसम्म बीबीसीसँग गोलरहित बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोली जितको लक्ष्यमा रहे पनि अवसरबाट चुक्दा अग्रता लिनबाट असफल भएका छन् । च्यासल लिगमा दोस्रो जित निकाल्न चाहान्छ भने बीबीसी तेस्रो जितको खोजीमा छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६ १५:५९
प्रतिक्रिया दिनुहोस्