काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरू ‘क्यास लेस’ भएको बताएका छन् ।
भन्सार दिवसका अवसरमा गरिएको पत्रकार सम्मेलनमा उनले भन्सारहरूमा नगद कारोबार बन्द भएको बताएका हुन् । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकामा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने गरेको उनले बताए ।
‘भन्सार क्यास लेस भएको छ । पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार गर्दैन । अझ बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्ट मा काम गरिरहेका छौं । यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ,’ उनले भने ।