site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कबड्डीभित्र नारी अस्तित्वको खोजीमा ‘पंगा’
Sarbottam CementSarbottam Cement

“मे एक माँ हुँ और माँ के कोई सपने नहीँ होते” (म आमा हुँ र आमाको केही सपना हुँदैन) । अश्विनी अय्यर तिवारी निर्देशित ‘पंगा’ चलचित्रको यो संवादमा घरपरिवार र बालबालिकाका लागि आफ्ना सबै सपना र पहिचानसमेत गुमाएका हरेक महिलाले आफूलाई जोड्न सक्छन् ।

योसँगै चलचित्रमा अर्को संवाद पनि आउँछ जसमा अभिनेत्रीले भन्छन्, “तुमको देखती हुँ तो बहुत खुसी होती हैं, इसे (बेटे) देखती हुँ, तो खुसी होती है, मगर खुद को देखती हुँ, तो खुस नहीँ हो पाती” (जब तिमीलाई देख्छु निकै खुसी लाग्छ, यसलाई (छोरा) देख्दा पनि खुसी लाग्छ, तर म आफैंलाई हेर्दा भने खुसी हुन सक्दिन) ।

यो दोस्रो संवादसँगै सुरु हुन्छ अभिनेत्रीको आफ्नो अस्तित्व बचाउने लडाईं र उक्त लडाईमा आफूलाई श्रेष्ठ सावित गर्ने तृष्णा र जिद्दिपन ।

Prabhu Bank
Agni Group
NIC Asia

जया निगम (कंगना रनौत) कुनै समय कबड्डीको राष्ट्रिय खेलाडी र क्याप्टेन पनि थिइन् । तर, अहिले उनको परिचय ७ वर्षका आदित्य उर्फ आदि (यज्ञ भसीन) की आमा र प्रशांत (जस्सी गिल) की श्रीमतीका रूपमा मात्रै सीमित छ । जया आफ्नो सानो संसारमा खुसी छिन् ।

कबड्डी खेलले उनलाई रेलवेमा काम दिएको छ र उसको दिनचर्या घर, बच्चा र कामको जिम्मेवारीमै बितिरहेको छ ।

Global Ime bank

अचानक एकदिन जयाको घरमा एउटा त्यस्तो घटना हुन्छ, छोराले उनलाई ३२ वर्षको उमेरमा कबड्डीमा फर्किन प्रेरित गर्छ । त्यसपछि जयाले श्रीमानको सहयोगमा तयारीको झुठो नाटक गर्छे । तर, नाटककैक्रममा उनीभित्र दबिएको कबड्डीको रहर फेरि बाहिरन थाल्छ । 

अब ऊ साँच्चै नै भारतको राष्ट्रिय टिमबाट कमब्याक गरेर आफ्नो त्यो स्वर्णिम पलमा फेरि एकपटक जिउन चाहन्छिन् ।

जयाको यो यात्रामा उनका श्रीमान् र छोराले त साथ दिन्छन् नै उनीहरूका साथै उनकी आमा (नीना गुप्ता), मिल्ने साथी र कबड्डी कोच मिनु (रिचा चड्डा) ले पनि उनलाई हरेकपक्षबाट साथ दिएका छन् ।
००० 
भोपाल जस्तो सानो सहरका कामकाजी महिला र त्यहाँको मध्यम वर्गीय परिवारलाई पर्दामा उतारेर कथानलाई जसरी विन्यास गरिएको छ त्यो आश्विनीको एक निर्देशकीय खुबी मान्न सकिन्छ ।

 

जया, मिनु र माँ (नीता गुप्ता) को चरित्रमार्फत् निर्देशक आश्विनीले महिला सशक्तीकरणको कुरा उठाएकी छन्, तर चरित्रलाई उपदेशात्मक रूपमा प्रस्तुत हुन भने दिएकी छैनन् । अझ एक दृश्यमा जया भन्छिन्, “किन कुनै महिलाले आफ्नो करियर छोड्नुको कारण उसको श्रीमान् र परिवारले विवश बनाएको भनिन्छ ? त्यो उसको स्वंयमको रोजाई पनि त हुन सक्छ नि ।”

वास्तवमा आश्विनीले ‘पंगा’ मार्फत् महिलालाई आफ्नो रोजाईसँग पंगालिने अधिकार दिइयोस् भन्ने सूचना दिन खोजेका छन् ।
००० 
चलचित्रको मध्यान्तरसम्म दर्सकलाई कथा केही लामो भान हुन सक्छ । तर त्यसपछि भने कथा आफ्नो गन्तव्यतिर बग्छ । निर्देशकले मानवीय सम्बन्धको बनावटसँगै कबड्डी जस्तो खेलको थ्रिल पनि कायम राखेका छन् । निखिल मल्होत्रा र अश्विनी अय्यर तिवारीको स्क्रिप्ट बलियो छ । जयपटेलको सिनेमाटोग्राफी दर्शनीय छ  ।
००० 
जया निगमको भूमिकालाई कंगनाले सहज ढंगले विनाकुनै कमीकमजोरी निभाएकी छन् । पहिरन होस् या हाउभाउ हरेकपक्षबाट आफ्नो चरित्रलाई संस्मरणीय बनाएकी छन् । भावुक दृश्यमा पनि कंगनाले अनावश्यक ड्रामा नगरी त्यसलाई यसरी निभाएकी छन् कि हरेक दर्शकको आँखा आँशुले भरिनेछन् । गृहिणी र कबड्डी खेलाडी दुवै भूमिकामा उनले आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् ।

त्यस्तै रिचा चड्डाको अभिनयले पनि चलचित्रलाई अझै बलियो बनाएको छ । बिहारी अभिनेत्रीको भूमिकामा उनले बोलेका संवाद र हाउभाउ मनोरञ्जनात्मक छन् । उनी र कंगानाबीचको कमेस्ट्री पनि जम्मेको छ ।

श्रीमतीको साथदिने श्रीमानका रूपमा जस्सी गिलले पनि राम्रो अभिनय गरेका छन् । भने छोटो रोल भए पनि नीना गुप्ताले आफ्नो प्रभाव पार्न सफल भएकी छन् । बालकलाकार यज्ञ भसिन चलचित्रको आकर्षक पात्र बनेका छन् । 

रेटिंग :  ३.५-५
कलाकार : कंगना रनौत, जस्सी गिल, रिचा चड्डा, नीना गुप्ता, यज्ञ भसिन 
निर्देशक : अश्विनी अय्यर तिवारी 
किसिम : ड्रामा, रोमान्स
अवधि : २ घन्टा ११ मिनेट 
(नवभारत टाइम्स)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC