site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहिद सप्ताह : टेकुमा शास्त्रीको सम्झना
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा श्रद्धाञ्जली सभा गरिएको छ । सहिद सप्ताहको पहिलो दिन आज श्रद्धाञ्जली सभामा भेला भएकाले उनको कामको सम्झना गरे ।

सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र सम्भव भएको बताए । “दलको कुरा गर्नै नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुति दिने सहिदहरूको योगदान मेरा लागि सिकाइ हो,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

सभामा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समिति संयोजक विकास डंगोलले प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदका कारण जनताका छोराले अवसर पाएकैले उनीहरूको योगदान कहिल्यै बिर्सन नहुने बताए ।

राणा शासनविरुद्ध देश–विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालोमा रहेको बकाइनाको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानिएको थियो ।

Global Ime bank

प्रजातन्त्र प्राप्तिका लागि मृत्युदण्ड पाएका ४ सहिदको पूर्ण कदको सालिक स्थापना गर्ने क्रममा यस वर्ष महानगरले धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिक प्रतिस्थापन गर्दै छ । गएको वर्ष माघ १० गते टेकु मचलीस्थित खरिबोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा शुक्रराज शास्त्रीको सालिक अनावरण गरिएको थियो ।

महानगरको वडा १२ ले १० लाखमा पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको सालिकलाई यात्रुले पनि देख्ने गरी पूर्वमोहोडा बनाएर राखिएको छ । शास्त्रीलाई खरिबोटको उत्तर मोहडामा झन्ड्याइएको थियो । सालिक महेश तुलाधरले ४ महिनामा तयार पारेका थिए । शास्त्रीको श्रद्धाञ्जली सभा भएको यो स्थानलाई  २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो । 

सहिद सप्ताहका बाँकी कार्यक्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्तले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुँदै छ । त्यस्तै माघ १६ गते सहिद स्मारक लैनचौरमा सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC