site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपभोग समानताको सवाल

आर्थिक विकाससम्बन्धी विमर्श प्रायः आयको समानता कसरी बढाउने भन्नेमा केन्द्रित हुन्छ । परन्तु, हालै केही चिन्तनशील पर्यवेक्षकहरूले भने मानव कल्याणको जीवन्त सूचकका रूपमा उपभोग समानता वस्तु र सेवाको समान उपयोगप्रति ध्यान दिन थालेका छन् । हुन पनि यसले उपभोगमा नै व्यक्तिले असमानताको बढी अनुभव गर्न थाल्छ र उपभोगले बचत र ऋणका साथै सामाजिक सुरक्षा कार्यक्रमहरू प्रभावित हुनसक्छन् । अर्थात्, उपभोगले असमानतालाई बढी सहीरूपमा प्रकट गर्छ ।

परन्तु, उपभोग असमानता दुई धारे तरबार हो । कम विकसित मुलुकका नागरिकहरूको उपभोग वृद्धि हुँदा लाखौं मानिसको जीवनमा सुधार हुन्छ तापनि अहिले नै दबाबमा परेको वातावरणमा यसको नकारात्मक परिणाम पर्न सक्छ । साथै, धनी मुलुकहरूका उच्च दरको वैयक्तिक उपभोग घटाउँदा दीर्घकालीन दिगो उत्पादन र उपभोग ढाँचाको विकास नहुँदासम्म अल्पकालीन आर्थिक समस्या उत्पन्न हुनसक्छ ।

संयुक्त राष्ट्रसंघीय १७ वटा दिगो विकास लक्ष्यहरूबारे गरिएको हालैको एउटा अध्ययनको अन्तक्र्रियाले दिगो विकास लक्ष्य १२ उत्तरदायी उपभोग र उत्पादन र अरू १० लक्ष्यहरूबीच नकारात्मक सहसम्बन्ध देखिएको थियो । उत्पादनका मुख्य पात्रहरू मूलतः व्यवसाय र सरकारले त्यसैले दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा यो नकारात्मक सम्बन्धलाई विचारपूर्वक व्यवस्थापन गर्नुपर्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

व्यापक उपभोग समानताका जनसंख्याको महत्त्वपूर्ण भूमिका हुनेछ । यो वर्ष सन् १९९५ र २०१० को बीचमा जन्मेको ‘जेनेरेसन जेड’ सन् १९८० देखि १९९४ का बीचमा जन्मेको ‘मिलेनियल्स’ पुस्तालाई जितेर संसारकै सबैभन्दा ठूलो समूह बन्नेछ । यी दुवै पुस्ता मिलाउँदा यो प्रविधिको सबैभन्दा ठूलो ज्ञाता, दिगोपनप्रति सचेत उपभोक्ता हुनसक्छ । 

यी दुई पुस्ता कथित साझेदारी अर्थतन्त्रसँगै हुर्केका हुन् । समग्रमा, यिनीहरू घर वा कारजस्तो सम्पत्ति जोड्न इच्छुक छैनन् । बरु, उनीहरू नयाँ मिडिया, पर्यटन, मनोरञ्जन, र ई–खेलकुदजस्ता अनुभवलाई महत्त्व दिन्छन् । यो प्रत्यक्ष उपभोगबाट विवेकपूर्ण उपभोगतर्फको परिवर्तनले उपभोक्तावादको अनुहार बदल्दै गएको छ ।

Global Ime bank

यसबाहेक, विश्वको मध्यम वर्गको ८० प्रतिशत सन् २०३० सम्ममा संयुक्त राज्य अमेरिका र युरोपेली संघ बाहिर बस्नेछन् । यी नागरिकहरू उपभोग बढाएर आफ्नो जीवनस्तर उकास्न इच्छुक हुनेछन् तर विकसित मुलुकको उपभोग ढाँचाको नक्कलमात्र गरेर भने हैन । बरु, पृथ्वीको दिगोपनप्रति सजग र चिन्तित हुँदै उनीहरूले आफ्नो मार्ग आफैँ तय गर्नेछन् ।  

वास्तवमा, विश्वव्यापी उपभोग अहिले नै तीव्र गतिमा बढी समान हुँदै गएको छ । उदाहरणका लागि, स्मार्टफोनहरूको आश्चर्यजनक वृद्धि र सस्तो ब्रोडब्यान्ड इन्टरनेटले गर्दा भारतमा सबै सामाजिक तथा आर्थिक समूहले टेलिभिजन कार्यक्रम र अन्य मनोरञ्जनको आनन्द लिन पाएका छन् भने उत्पादक र उपभोक्ता दुवैलाई विश्वको डिजिटल अर्थतन्त्रमा बढी सहभागी हुन समर्थ भएका छन् । भारतीय किसानहरू अब बजारको सूचना र मौसम भविष्यवाणी हेरेर के बाली लगाउने र कहाँ बेच्ने भनेर निर्णय गर्न सक्ने भएका छन् । र, दुर्गम गाउँका केटाकेटीहरूलाई पनि या त अयोग्य नभए प्रायः अनुपस्थित रहने शिक्षकहरूको भरमा पढाइ चलाउनुको साटो टेलिभिजन कार्यक्रमबाटै भाषाहरू, गणित र विज्ञानको शिक्षा दिन सकिने भएको छ ।

यस्तै समानताको प्रवृत्ति स्वास्थ्यमा पनि देखिएको छ विशेषगरी अफ्रिकामा जहाँ विकसित अर्थतन्त्रको दाँजोमा निकै सस्तो मूल्यमा खोपहरू व्यापकरूपमा उपलब्ध छन् । राम्रो स्वास्थ्य सुविधाको परिणामस्वरूप व्यक्ति आत्म विकासको अवसरतर्फ उन्मुख हुन्छ । त्यसबाट उसको हित हुन्छ भने अन्ततोगत्वा उत्पादकत्वमा वृद्धि र सुदृढ आर्र्थिक विकास हुन पुग्छ ।       

विकसित मुलुकहरूमा समेत पहुँच वृद्धि गरेर उपभोग समानता बढाउन उल्लेखनीय पाइला चालिएको छ । न्यु योर्क सहरमा उदाहरणका लागि सरकारी अनुदानमा चलेका शिशु कक्षाहरू अहिले निःशुल्क भएका छन् । यसले हुर्कने बेलाको सबैभन्दा महत्त्वपूर्ण समय चार वर्षसम्मका सबै बालबालिकाका लागि समान अवसर उपलब्ध गराएको छ ।   

विश्व उपभोगको थप समान ढाँचाले सेवा र वस्तुको मिश्रणका साथै तिनीहरू कहाँ र कसरी उत्पादन र उपभोग गरिए भन्नेमा परिवर्तन गर्नेछ । कम्पनीहरूले यो रूपान्तरणलाई सहयोग गर्न अगुवा बन्न सक्छन् । 

सुरुआतकर्ताहरूले वातावरणलाई हानि नपुग्नेमा सीमित नभएर उत्पादन र प्रशोधनका वास्तवमै वातावरणमैत्री नयाँ तरिकाहरू अपनाउन सक्छन् । व्यवसाय जगत्ले पनि उपभोग बढाउने रणनीति बदलेर कम गर्न उत्प्रेरित गर्ने उपाय अपनाउनुपर्छ । यथासम्भव स्थिर लागत कम गरेर र नाफा घटाएर उनीहरूले आफूलाई धेरै कारोबारको अर्थतन्त्रबाट जोगाउन सक्छन् भने त्यस अवस्थामा थोरै परिणाममा कारोबार हुँदा पनि धेरै नाफा हुनसक्छ । यसका साथै, कम्पनीहरूले आपूर्ति शृंखलाहरूबाट लिएदिएको अभिलेख राख्न लाग्ने समय पनि घटाउनुपर्छ भने माग पूर्ति गर्ने समयमा पनि उल्लेख्य कमी ल्याउनुपर्छ ।

उत्पादनको स्वामित्वमा जोड दिनुको सट्टा कम्पनीहरूले उपभोक्ताले खोज्ने उपयोगिता बढाउने सेवा प्रदान गर्नु जरुरी छ । साथै, तिनको उत्पादन योजनामा सुरुदेखि अन्त्यसम्मको रणनीति, क्रियाकलाप र मूल्य सुरुदेखि नै समावेश हुनुपर्छ । यसको उद्देश्य पुनःप्रयोग, पुनःसंरचना, पुनर्वितरण र पुनः उत्पादन गर्ने प्रकारको हुनुपर्छ । 
अन्त्यमा, कम्पनीहरूले उनीहरूको सेवा र वस्तुको कम विकसित मुलुकहरूमा पहुँच बढाउन खोज्नुपर्छ । उदाहरणका लागि तिनले मूल्यमा ठूलो कटौती गर्न सक्छन् वा तिनको उत्पादन सित्तैमा वितरण गरे पनि धानिन सकिन्छ कि भनेर विचार गर्नुपर्छ ।

संसार प्रतीकको प्रयोग गर्ने हो भने उपभोगमा सन्दर्भमा ‘सम्म’ भइरहेको छ । यस परिवर्तनलाई समर्थन गरेर सरकार र निजी क्षेत्रका अगुवाहरूले बढी सामञ्जस्यपूर्ण, दिगो र समावेशी भविष्य निर्माण गर्न सक्छन् ।

(अमेरिकास्थित वल्र्ड इकोनोमिक फोरमको प्रबन्ध समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत ) 

Copyright: Project Syndicate, 2020.


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC