site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
२२ दिनदेखि हुम्लामा टेलिफोन र इन्टरनेट सेवा बन्द
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन ।

पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि अहिले कम विद्युत् सामथ्र्यका कारण समस्या आएको टेलिकमले भन्दै आएको छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि शाखा कार्यालयले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । इन्टरनेट सेवा नहुँदा जिल्लाको वस्तुस्थितिबारे केन्द्रमा पठाउन नसकिएको र इन्टरनेट अभावले जनमानसको समस्या समाधान गर्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए । 

टेलिकमले एडिएसएल र नमस्ते टेलिफोन सेवा मर्मत गर्न आलटाल गरिरहेको छ । जिल्ला बाहिर नै प्रविधिमा समस्या आएको जनाउँदै हाल मर्मतको कम भइरहेको टेलिकम शाखाका प्रमुख शिवप्रसाद भट्टराईले बताए । जिल्लाको सदरमुकाम सिमकोट लाग्नामा रहेको छोपाखोरमा गत वर्ष जस्तै यस वर्ष पनि समस्या आएको हुन सक्ने उहाँले आशङ्का गर्नुभयो । यही माघ १० गतेसम्म मौसम सफा भएमा नेपाली सेना र आफ्ना कर्मचारी मर्मतका लागि पठाइने जानकारी उनले दिए । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC