site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
विप्लवबाट ‘थ्रेट’ ! प्रहरीले बढायो सुरक्षा 
Sarbottam CementSarbottam Cement

काठमाडौं  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूह नेकपाले नेतादेखि व्यापारीसम्मलाई आक्रमण गर्नसक्ने भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । 

राजधानीमा सुरक्षा खतरा हुनसक्ने सम्भावित व्यक्तिहरुको सूची नै तयार पारेर प्रहरीले सुरक्षा सतर्कता बढाएको उच्च स्रोतले जानकारी दिएको छ ।

एक साताअघि मात्रै सो समूहले राजधानीका दुई स्थानमा बम राखेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको थियो भने वालुवाटारमा राखिएको बम डिस्पोज गरिएको थियो । 

‘मास सेन्टिमेन्ट’ आफ्नो पक्षमा पार्नका लागि चर्चामा रहेका केही व्यक्तिलाई सो समूहले कारवाहीको निसानामा राखेको हुँदा सुरक्षा सतर्कता बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Global Ime bank

विप्लव समूहका एक नेताका अनुसार भ्रष्टाचारको आरोप लागेकाहरु मुख्य निसानामा छन् । 

उनले भने, ‘‘स्थानीय तहका जनप्रतिनिधिदेखि केही सरकारी कर्मचारी, सत्तारुढ नेकपाकै केही शीर्ष नेता र हाम्रै पार्टी छाडेर गएकाहरु हाम्रो लिष्टमा छन् ।”

विप्लव समूहले भौतिक कारवाहीको नीति लिए पनि ज्यान लिनेसम्मको योजना भने नबनाएको समूहका नेताहरु बताउँछन् । 

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री विप्लव समूहका हरेक गतिविधिलाई सुक्ष्म रुपमा निगरानी र प्रभावकारी प्रहरी परिचालन गरेको  बताउँछन् । 

समाजमा त्रास सिर्जना गरेर चन्दा आतंक मच्चाउन विप्लव समूहले गतिविधि गरिरहेको उनको आरोप छ । 

गत फागुनमा प्रतिबन्ध लागेपछि १३५७ विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेको डीआईजी क्षेत्रीले बताए । 

प्रहरी प्रधान कार्यालयले राजधानीलाई विप्लव समूहले निसाना बनाएको निष्कर्ष निकाल्दै मातहतका निकायलाई त्यसबारे जानकारी गराएको थियो । 

राजधानीमा उपत्यका बाहिरका अपरिचित अनुहारका व्यक्तिबाट उनीहरुले आफ्ना गतिविधि गरिरहेको प्रहरी निष्कर्ष छ । 

प्रहरी प्रधान कार्यालयभित्रै रहेको विशेष व्यूरोले विप्लव समूहका गतिविधिबारे देशभर टोली परिचालन गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर परिसर र महानगरीय अपराध महाशाखाले पनि समूहका गतिविधिलाई निगरानी गर्न सादा पोशाकका प्रहरी परिचालनमा वृद्धि गरेको छ । 

विप्लव समूहकै गतिविधि निगरानी गर्न छुट्टै टोली गठन गरेको एक अधिकारीले पुष्टि गरे । 

परिसर काठमाडौंका एसपी अशोक सिंहले सुरक्षा थ्रेट भएका व्यक्तिसँगै उनीहरु रहने क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताए ।

बढाइएको उनले बताए । राजधानीमा को–कोलाई सुरक्षा थ्रेट हो त ? भन्ने बाह्खरीको जिज्ञासामा एसपी सिहंले भने,‘‘उनीहरुले कहाँ–कहाँ वम राख्दै आएका छन् । विस्फोट गराएका छन । त्यही आधारमा पनि हामीले अनुमान गर्न सक्छौं ।’’ प्रहरी स्रोतका अनुसार ललिता निवासको जग्गा प्रकरणमा जोडिएका व्याक्तिको सुरक्षामा समेत ध्यान दिइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC