site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कालिकोट प्रहरी एकाइ थप्‍न आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कालिकोट । कालिकोटमा शान्ति सुरक्षा बलियो बनाउन प्रहरी एकाइ थप गर्न प्रहरी माहानिरीक्षक सर्वेन्द्र खनालसमक्ष कालिकोटवासीले आग्रह गरेका छन् । कालिकोटमा नवनिर्मित जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटन गर्न यहाँ आएका महानिरीक्षक खनालसमक्ष कालिकोटवासीले सो माग गरेका हुन् ।
 
देशमा शान्ति, सुरक्षा कायम हुँदा पनि कालिकोटमा दरबन्दीअनुसार प्रहरी नभएपछि प्रहरी एकाइ थप्न माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । 

समन्वय समितिका प्रमुख शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सम्पूर्ण राजनीतिक दलको तर्फबाट भनाइ राख्दै नेपाली कांग्रेस कालिकोटका पार्टी सहसचिव दमनराज शाहीले कालिकोट राजधानीमा बसेर स्मरण गरेजस्तो जिल्ला नभई प्राकृतिक र राजनीतिक हिसाबले फरक पहिचान बोकेको बताए । साथै शाहीले जिल्लामा भौगोलिक हिसाबले समाजमा सुशासन कायम गर्न, भ्रष्टचारलाई न्यूनीकरण गर्न प्रहरी सहयोग आवश्यक भएकाले यसका लागि एक सय प्रहरी दरबन्दी खाली रहेकाले तत्काल पूरा गर्न माग गरे ।
 
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा सङ्गठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । प्रहरी महानिरीक्षक खनालले प्रहरीको सामुदायिक साझेदार कार्यक्रमले समाजमा राम्रो प्रभाव पारेकाले यसलाई स्थानीय जनप्रतिनिधि र  आम नागरिकले साथ दिनुपर्ने बताए । साथै महानिरिक्षक खनालले कालिकोटमा रिक्त प्रहरी दरबन्दी पूरा गर्न लागिपर्ने बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC