site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रक्षामन्त्री र राजकुमारीबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement

तस्बिर : रासस


काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार नेपाल भ्रमणमा आउनुभएका अस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो । राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आइपुगेकी थिइन् । 

यसअघि उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेका छन् । नेपाल बसाईका क्रममा उनले कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गर्ने तथा कैलाली र नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका विरामीलाई भेटने छिन् । 

Global Ime bank

यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । 

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ । आइतबार राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC