site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 देउवा-दाहाल फोनवार्ता : उपसभामुखमा कांग्रेसको ‘बार्गेनिङ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नी सापकोटालाई उमेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरिहेको छ । 

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार सभामुखलाई सम्बोधन गर्दै राजनीमा दिएकी हुन् । संविधानको धारा ९१ को उपधारा २ (१) मा सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक–फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ । 

यही प्रावधानका आधारमा नेकपाले उपसभामुख पद गुमाउने भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपसभामुख पदमा लविइङ थालेको हो । कांग्रेसले सभामुख वा उपसभामुखमध्ये एक पदमा आफूले उमेदवारी दिनेसमेत बताएको छ । 

Agni Group

यही विषयलाई टुंगो लगाउन मंगलबार बिहान ८ बजे कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । 

देउवा–दाहाल फोनवार्ता 

Global Ime bank

माघ १२ गते हुने सभामुखको मतदानका लागि सत्तारुढ र प्रतिपक्षी दलबीच आन्तरिक छलफल भइरहेको छ । आइतबार बेलुका नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको स्रातले जानकारी दिएको छ । 

स्रोतका अनुसार प्रचण्डले फोन गरेर सभापति देउवालाई सघाउन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाले सभामुख निर्विरोध गर्न चाहेको छ । 

सोही नेकपाको योजना अनुरुप अध्यक्ष दाहालले आइतबार नै सभापति देउवालाई फोनमार्फत सभामुखमा सघाउन आग्रह गरेका हुन् । 

यता कांग्रेस पनि सभामुखमा सत्तारुढ दलका उमेदवारलई सघाएर उपसभामुख आफ्नो पोल्टामा पार्न चाहन्छ । सोही योजना अनुसार जवाफमा सभापति देउवाले उपसभामुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन् । 

प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, “म सकारात्मक छु । ओलीजीसँग कुरा गर्नूस ।”  

कांग्रेस संसदीय दल स्रोतका अनुसार उपसभामुख पदमा कांग्रेसले उमेदवारी दिने लगभग पक्का भएको छ । 

यसअघि कांग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँडले संविधानअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधानअनुसार आफ्नो पार्टी कुनै एउटा पदमा उमेदवारी दिने बताएका थिए । 

उनले भने, “पार्टीको बैठक बसेर निर्णय गर्छ । स्वाभाविक रुपमा नै एक पदमा हाम्रो दाबी हुन्छ । निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन । प्रकृयामा सहभागी हुने हो । संविधानको प्रावधानअनुसार अगाडि बढ्ने हो ।’’

उनले नेकपासँग बहुमत भएका कारण उसले एक पदको  जिम्मेवारी सम्हाल्ने र नेपाली कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दलका भएका नाताले एक पद सम्हाल्ने गरी सत्तारुढ दलसँग समझदारी भइरहेको उनले बताएका थिए ।

कांग्रेसलाई कसलाई उपसभामुख बनाउने भन्ने निर्क्योल भने गरिसकेको छैन । नामको टुंगो मंगलबार बिहान बस्ने संसदीय दलको कार्यसमिति बैठकले निर्णय गर्नेछ ।  यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC