site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्वविद्यालयकै प्राध्यापक राजेन्द्र जोशीले झुक्याएर लिए मासिक ७५ हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा स्वयंसेवकका रूपमा प्राध्यापन गर्न आएका अमेरिकी नागरिक जेम्स जोन्सलाई बिनाकसुर फिर्ता पठाइएको छ । विश्वविद्यालयकै अर्का प्राध्यापक राजेन्द्र जोशीको षड्यन्त्रमा आफूलाई फिर्ता पठाइएको जेम्सले दाबी गरेका छन् । 

जेम्स नेपालस्थित अमेरिकी दूतावासको सिफारिसमा कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा स्वयंसेवक प्राध्यापकका रूपमा पुगेका थिए । विश्वविद्यालयकै प्राध्यापक जोशीको प्रपञ्चमा जेम्स प्राध्यापनबाट वञ्चित गरिएको हो । 

उनलाई दूतावासले ४ महिनाअगाडि विश्वविद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा अंग्रेजी विषय प्राध्यापन गर्न पठाएको थियो । अमेरिकी नागरिक जेम्ससँग घरभाडाका विषयमा कुरा नमिलेपछि प्राध्यापक जोशीले दूतावासलाई उनीविरुद्ध विभिन्न लाञ्छना लगाएर इमेल गरेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही इमेललाई आधार बनाएर अमेरिकी दूतावासले जेम्सलाई फिर्ता बोलाएको विश्वविद्यालय स्रोतले जनाएको छ । दूतावासले उनलाई १० महिनाका लागि विश्वविद्यालयमा अंग्रेजी विषय प्राध्यापन गराउने सर्तमा महेन्द्रनगर पठाएको थियो । 

के हो घटना ? 
चार महिनाअघि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा स्वयंसेवकका रूपमा अमेरिकी दूतावासमार्फत अंग्रेजी विषयको प्राध्यापकका रूपमा जेम्स महेन्द्रनगर गएका थिए । उनी महेन्द्रनगर पुगेपछि विश्वविद्यालयका प्राध्यापकसमेत रहेका सत्तारूढ नेकपानिकट प्रगतिशील शिक्षक संघका अध्यक्ष राजेन्द्र जोशीको सम्पर्कमा पुगे । 

Global Ime bank

जेम्सका अनुसार उनी अमेरिकी दूतावासका कर्मचारी विश्व गौतमले भनेअनुसारै जोशीको सम्पर्कमा पुगेका हुन् । जोशीले नै जेम्सको बस्ने व्यवस्था आफूले मिलाउने जिम्मा लिए । उनले महेन्द्रनगरको कटानस्थित वर–पिपल चोकनजिकै रहेका कृष्णमुरारी पन्तको घरको एउटा ‘फ्ल्याट’ जेम्सकै लागि बहालमा लिए, मासिक १५ हजार रुपैयाँ तिर्ने सर्तमा । 

तर, प्राध्यापक जोशीले आफ्नी श्रीमती मीना खरेललाई घरधनी बनाएर जेम्ससँग घरबहालबापत् मासिक ७५ हजार रुपैयाँ लिने गरी सम्झौता गराए । घरधनी पन्तलाई भने उनले यसको सुइँकोसमेत दिएनन् । 
जेम्सले जोशीपत्नी खरेलसँग गरिएको सम्झौताअनुसार तीन महिनासम्म नियमित मासिक ७५ हजार रुपैयाँ घरबहाल तिरे । यसबीच काठमाडौंबाट सोही घरधनी पन्तको घरमा एक युवक पाहुनाका रूपमा गए । उनले आफन्तको घरमा अमेरिकी नागरिक बसेको देखेपछि जेम्ससँग अनौपचारिक कुराकानी गरे । 

सोही अनौपचारिक कुराकानीका क्रममा जेम्सले आफूले मासिक ७५ हजार रुपैयाँ घरबाहल तिर्ने गरेको सुनाए । पाहुना गएका व्यक्तिले महेन्द्रनगरका लागि ७५ हजार रुपैयाँ घरबहाल अत्यन्तै चर्को भएको जेम्सलाई जानकारी दिए । सोही दिन जेम्सले प्राध्यापक जोशीलाई बोलाएर घरबहालबारे सोधपुछ गरे । उनीहरूबीच सामान्य विवाद भयो । जेम्सले आफूले गरेको ‘कर्तुत’ थाहा पाएपछि जोशीले उनीविरुद्ध षड्यन्त्रका तानाबाना बुन्न थाले ।  

जोशीले केही दिनपछि नै अमेरिकी दूतावासलाई जेम्सबारे हुँदै नभएका गलत आरोप लगाएर इमेल गरे । जेम्सका अनुसार क्याम्पसमा निरन्तर प्राध्यापन नगराएको, विद्यार्थीले नरुचाएको, प्राध्यापनमा कमजोर रहेको र दक्षता नदेखिएको लगायत दाबी इमेलमा गरिएका थिए । जोशीकै इमेललाई आधार बनाएर दूतावसले निरीक्षण नै नगरी जेम्सलाई केही दिनअघि फिर्ता बोलाएको थियो । दूतावासले फिर्ता बोलाएका जेम्स राम्रो प्राध्यापन गराउँदै आएका र उनलाई विद्यार्थीहरूले समेत मन पराएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

जेम्सले गत शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफू र परिवारमाथि दुर्व्यवहार सुरु भएको गुनासो गरे । “मैले घर अर्कैको रहेछ भन्ने थाहा पाएपछि उनीहरूले म, मेरी सानी छोरी र श्रीमतीमाथि दुर्व्यवहार गर्न सुरु गरे,” उनले भने । झन्डै एक महिनाअगाडि जोशी दम्पतीको ‘कर्तुत’ सतहमा आएपछि आफूलाई पटक–पटक अप्ठ्यारोमा पार्ने काम भएको जेम्सले गुनासो गरे । जोशी दम्पतीको दुर्व्यवहार सहन नसकेकै कारण आफूले दुई साताअघि छोरी र श्रीमतीलाई अमेरिका फिर्ता पठाएको उनले जानकारी दिए । 

जेम्सले चार महिनामै पाँच महिनाको घरभाडासमेत चुक्ता गरेको बताए । कञ्चनपुरबाट फर्किने क्रममा गुनासो कसैसँग नरहेको भन्दै जेम्सले विश्वविद्यालय चयन गर्दा आफूबाट त्रुटि भएको सुनाए । पवित्र भावना बोकेर कञ्चनपुर आएको भन्दै जेम्सले निर्धारित अवधिसम्म सेवा गर्न नपाएकोमा दुःख व्यक्त गरे । उता प्राध्यापक जोशीले भने घरबहालका लागि सहमति गरेको विषयमा आफूले बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिए । “अमेरिकी दूतावासले विश्वविद्यालयसँग कम्युनिकेट गरिसकेको छ,” बाह्रखरीसँग उनले भने, “विश्वविद्यालयले नै यसबारे बोल्दा आधिकारिक हुन्छ । म नबोलौं होला ।” 

यसैबीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा १० महिनाका लागि प्राध्यापन गर्न आएका जेम्सलाई विभिन्न प्रपञ्च गरी लखेटेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आइतबार घटना छानबिनको माग गरेका छन् । नेविसंघका निवर्तमान सह–महामन्त्री अच्युतराज कलौनी र प्रतिबन्धित नेकपानिकट अखिल क्रान्तिकारीका सेती–महाकाली संयोजक वीरेन्द्र शाहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाको छानबिन माग गरेका हुन् । अमेरिकी नागरिकलाई लखेट्ने बिचौलिया समूहमाथि कारबाही प्रक्रिया अघि बढाउन विश्वविद्यालयसँग माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भोलेन्ट्रीका रूपमा अमेरिकी दूतावासबाट प्राध्यापनका लागि आएका जेम्स जोन्सलाई प्राध्यापक राजेन्द्र जोशीलगायत समूहले आर्थिक शोषण र दुर्व्यहार गरेको छ,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘१० महिनाका लागि आएका प्राध्यापकलाई चार महिनामै झुटो आरोप लगाएर जबरजस्ती फिर्ता पठाइएको छ । यस घटनाले विश्वविद्यालयको मात्रै नभई समग्र देशकै अपमान र बेइज्जत गराएको छ । यस्तो गतिविधि गर्ने बिचौलिया समूहलाई सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न जोडदार माग गर्छौं ।” दुवै विद्यार्थी संगठनले माग पूरा नगरिए सशक्त संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC