site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विमानस्थलका प्रहरीलाई डीआईजी पोखरेलेको निर्देशन -'सुरक्षा जाँच र व्यवहारमा नचुक्नू'
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सुरक्षामा खटिने प्रहरीलाई जिम्मेवारीमा रत्तिभर नचुक्न निर्देशन दिएका छन् । विमानस्थलस्थित प्रहरी कार्यालयमै पुगेका पोखरेलले कानुनको पूर्ण पालना गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

डीआईजी पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको सुरक्षामा खटिने एसएसपीदेखि जवानसम्म सबैलाई सामूहिक रुपमै निर्देशन दिए । उनले भने, ‘‘विमानस्थलको सुरक्षा निकै सम्वदेनशील विषय हो । जाँचमा मानवअधिकारमैत्री व्यावहारमा कहीँ नचुकौं । तर, जाँचमा कुनै कसर भने बाँकी नराखौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनले कानुनले बर्जित गरेका सबै गतिविधिमा कठोरता साथ प्रस्तुत हुन निर्देशन दिए । विमानस्थको सुरक्षा व्यवस्था कमजोर हुँदा आपराधिक मानसिकता भएकाहरुले फाइदा उठाउनेतर्फ सचेत रहन पोखरेलले आग्रह गरे । विमानस्थलको सुरक्षाले अन्तर्राष्ट्रिय स्तरमै प्रहरीको पहिचान बढाउने भन्दै त्रुटिरहित सेवा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

डीआइजी पोखरेलले प्रहरी आचरण र व्यावहारमा कमजोरी पाइए कारबाही गर्ने चेतावनी समेत दिए । गायिका आस्था राउतको जाँचको विषय चर्चामा रहेका बेला डीआइजी पोखरेल विमानस्थल पुगेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC