site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्नपूर्ण क्षेत्रमा चार कोरियन र तीनजना नेपाली शुक्रबारदेखि सम्पर्क विहीन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रमा तीनदिनदेखि सातजना पदयात्री सम्पर्क विहीन भएका छन् ।

शुक्रबार दिउँसो हिमपहिरोमा परेर सातजना अहिलेसम्म पनि हराइरहेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार हराउनेमा चारजना विदेशी र तीनजना नेपाली रहेका छन् । तीनैजना नेपाली गाइड भएको बताइएको छ ।

Agni Group

उनीहरु अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । उनीहरुको खोजिका लागि प्रहरीले तीनवटा टोलि परिचालन गरेको जनाएको छ ।

पहिरो क्षेत्रमा जोखिम रहेको र हिम परेकाले अहिलेसम्म पनि उद्धार टोली त्यहाँ पुग्न सकेको छैन । प्रहरीका अनुसार हेलिकोप्टरसमेत त्यस क्षेत्रमा अवतरण गर्न सकेको छैन । 

Global Ime bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै यो विषयलाई अन्तर्राष्ट्रिय मिडियाले समेत कभरेज गरेका छन् ।

युपीआई डटकमले पर्यटन बोर्डका कर्मचारी मिरा ढकाललाई उद्धृत गर्दै जनाएअनुसार अन्नपूर्ण बेस क्याम्पको ट्रेक रुटमा चार कोरियन पदयात्री र तीन नेपाली गाइड सम्पर्क विहीन भएको उल्लेख गरेको छ ।

हराएका चारजना कोरियनमध्ये दुई महिला ३० र ५० वर्षको हाराहारी उमेरका र दुई पुरुष ५० को हाराहारी उमेरका भएको जनाइएको छ । 

दक्षिण कोरियाको विदेश मन्त्रालयले सोही समूहमा रहेका पाँचजना अन्य दक्षिण कोरियाली भने सुरक्षित रहेको र उनीहरु लजमा बसेको जनाएको छ । 

शनिबार बिहान नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको समाचारमा उल्लेख गरिएको छ ।  

खराब मौसमका कारण हेलिकोप्टर प्रयोग गरेर खोजी कार्य अघि बढाउन मुश्किल परेको समाचारमा जनाइएको छ ।

एशोसिएट प्रेस(एपी)ले बनाएको अर्को समाचारमा कम्तिमा एक जना चिनियाँ नागरिक सो हिमपहिरोमा घाइते भएको र उनलाई हेलिकोप्टरबाट उद्धार गरिएको जनाइएको छ । 

पर्यटन विभागका अधिकारीहरुले कम्तिमा ३० जनालाई सुरक्षित स्थानतर्फ लगिएको जनाएका छन् । 

बेपत्ता भएका कोरियनहरु नेपालमा स्वयंसेवी शिक्षकका रुपमा कार्यरत रहेको दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC