site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दीपकराज गिरीको आस्थालाई सुझाव– प्रहरीसँग माफी माग
Ghorahi CementGhorahi Cement

काठमाडौं । कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । आज आफ्नो फेसबुक पेजमा आस्थालाई सम्बोधन गर्दै उनले त्रिवुभन विमानस्थलमा भएको घटनाप्रति प्रहरीसँग माफी माग्न सुझाव दिएका हुन् । 

गल्ती आस्था र प्रहरी जवान दुवैबाट भएको भन्दै उनले चौतर्फी आस्थाको आलोचना भैरहेको भन्दै आफ्नो गल्ती  स्वीकार गर्न दीपकको सुझाव छ ।

“आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’  भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु,” उनी लेख्छन्, “तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।” गल्ती अरुकै र्भ पनि दोष कलाकालाई आउने गरेको उनको भनाइ छ ।

Agni Group

नेपालमा सेलिब्रिटी कल्चर नरहेको भन्दै दीपकले नेताहरुलाई मात्रै भीआईपी मान्ने संसारको आलोचना पनि गरेका छन् । “ विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकी त्यँहा नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने ब्यापारीहरू, नाम चलेका खिलाड़ी, कलाकारहरूलाई पनि भीआईपी मानिन्छ,” उनले लेखेका छन् ।  

दीपकराज गिरीले लेखेको स्टाटसः

Global Ime bank

प्रिय आस्था बहिनी...,

यो विषयमा लेख्न मन थिएन । तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि बिगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छु । 

समस्या काँहाबाट आयो भने तिमीले भीडको सामना गर्दै प्रहरी लाई चेक गराउँदै अघि बढ्नु पर्यो । भीड र संबेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरु १० घन्टे लामो ड्युटीमा हुन्छन् । सानो गल्ति भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरू बाट अलि रूखो ब्यबहार निस्किन्छ पनि । त्यहाँ पनि निस्कियो होला । 

तर हामी कलाकार वा सेलिब्रिटीको गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ । सेलिब्रिटी  भनेको सेतो कपडा रहेछ । अरू रङ्गमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहाल्छ । अत सहनु पर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकी त्यँहा नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने ब्यापारीहरू, नाम चलेका खिलाड़ी, कलाकारहरूलाई पनि भीआईपी मानिन्छ । र  सुबिधाजनक ढङ्गले चेक हुन्छ । जसका कारण भिडको सामना गर्नु पर्दैन । र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर यो देशमा नेता मात्रै भीआईपी हो । यो संबेदनशीलतालाई हामीले बुझ्नुपर्छ, किनकी हामी भीडबाट नै गुज्रिनु पर्छ । त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ । 

मापसे कान्डमा म पनि परेँ । गल्ती मेरै थियो । तर जब म प्रहरीको पन्जामा परेँ, म माथि भएको दूरब्यबहार डर लाग्दो नै थियो । तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् ।   यसबारे हामीले नै होसियार हुनु पर्नेरहेछ, हामीलाई अन्याय नै भयो भने पनि । 

‘कलाकार हो फूर्ती देखायो होला फस्यो नि भनिँदो रहेछ’ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ पाउँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ र तिमीलाई पनि त्यस्तै केही रूखो ब्यबहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो । त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो । 

तिमीलाई केही नभई त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो अतः यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ । 

आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’  भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु । तिमी पनि माग ।  सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC