प्रवास
काठमाडौं । यूएईमा बिहीबार भएको बस दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु भएको छ ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बाह्रखरीलाई जानकारी दिएअनुसार मृत्यु हुनेमा अमिशा मोक्तान तामाङ (बारा, पासपोर्ट नम्बर ०९६७८४७५), भावना कनवार (प्युठान, पासपोर्ट नम्बर ०७२०१८१९) र कृष्णकुमारी अधिकारी (झापा, पासपोर्ट नम्बर ०८५७२३९४) छन् ।
अन्य केही नेपाली घाइते पनि भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६ १७:०३
प्रतिक्रिया दिनुहोस्