site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमसीए–नेपालका कर्मचारीलाई जालसाजी तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रशिक्षण
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) बाट नेपाल कम्प्याक्ट अन्तर्गत प्राप्त अनुदान सहायताको कार्यान्वयनका क्रममा जालसाजी तथा भ्रष्टाचार हुन नदिन एमसीए नेपालका कर्मचारीलाई भ्रष्टाचार नियन्त्रण प्रशिक्षण दिइएको छ ।

भ्रष्टाचार सम्बन्धित जोखिम पहिचान, रोकथाम तथा समाधानसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धिको उद्देश्यसहित एमसीए–नेपालका कर्मचारीलाई तीन दिने प्रशिक्षण दिइएको हो ।

Agni Group

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रशिक्षणको उद्घाटन गर्दै नेपालमा भ्रष्टाचार न्यूनीकरण हुँदै गएको उल्लेख गर्नुका साथै यस दिशामा प्राप्त सफलताले नेपाललाई एमसीसी कम्प्याक्टका लागि योग्य बनाउनमा एक सूचकका रूपमा काम गरेको बताए । उनले अमेरिकी सहयोग अन्तर्गत कार्यान्वयन गर्न लागिएका आयोजनाहरू जालसाजी तथा भ्रष्टाचारमुक्त वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपालले नेपाल सरकार सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै देशमा आर्थिक वृद्धि सुनिश्चितका लागि भ्रष्टाचारमुक्त वातावरण महत्त्वपूर्ण भएको बताए । 

Global Ime bank

नेपाल कम्प्याक्ट नेपाल सरकारका जालसाजी तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था अनुरूप कार्यान्वयन हुनेछ भने यसले एमसीसीको जालसाजी तथा भ्रष्टाचार रोकथाम, पहिचान तथा समाधान सम्बन्धीनीतिलाई पनि पालना गर्नेछ । उक्त नीतिले एमसीसीअनुदानको प्राप्ति तथा प्रयोगका क्रममा बल प्रयोग, मिलिभगत, भ्रष्टाचार, ठगी तथा त्यस्ता गतिविधिमा संलग्न भएको आरोपसम्बन्धी अनुसन्धानमा अवरोध लगायतका जालसाजी तथा भ्रष्टाचारलाई निषेध गरेको एमसीए नेपालले जनाएको छ ।

सन् २०१७ को सेप्टेम्बरमा नेपाल सरकार तथा अमेरिकी सरकारको एमसीसीबीच यस अनुदान सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । यस सम्झौताको उद्देश्य विद्युत्को उपलब्धता र भरपर्दाेपनामा वृद्धि गर्ने, सडक सञ्जालको गुणस्तरमा सुधार गर्ने तथा नेपाल तथा भारतबीचको ऊर्जा व्यापारलाई सहजीकरण गर्दै नेपाली जनता लाभान्वित हुने गरी लगानीका लागि प्रोत्साहित गर्नुका साथै आर्थिक वृद्धिलाई तीव्रता दिनमा सहयोग पु¥याउने एमसीए नेपालले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC