site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारी सहयोग र सेवाको भर परेका भए अहिलेसम्म पनि अधिकांश भूकम्पपीडित सायद अस्थायी टहरामा सहयोगको खाद्य सामग्रीकै भरमा बाँचेका हुन्थे । मूलतः नेपाली जनताको जीवटपनले नेपालमा हइटीको दुर्दशा नदोहोरिएको हो । सरकारी निकायहरू सक्रिय रहेका सहरी क्षेत्रमा पुनःनिर्माण अधुरो रहनु र जनता आफैँ अग्रसर भएका गाउँहरूमा पूरा हुनुले पनि राज्यको कमजोरीको पोल खोल्छ । यसैगरी सरकारको जिम्मामा भएको प्राचीन सांस्कृतिक सम्पदको पुनःनिर्माणमा पनि अधुरै छ ।  विशेषगरी काठमाडौं उपत्यकाका भित्री भागहरूलगायत घना बस्तीमा त कतिपय भूकम्पपीडित भत्केका वा चर्केका घर नयाँ बनाउने कि मर्मत गर्ने कि धरापमै बसिरहने अन्योलले बिलखबन्द परेका छन् । सम्पदा क्षेत्र वा सहरको भित्री भागमा भूकम्पले धरापजस्तो बनाएका घरमा टेको लगाएर बस्नुपर्ने बाध्यता छ । उनीहरूको यो बाध्यताको कारण भने सरकारको अव्यावहारिक र गरिब विरोधी नीति नै हो । 

सम्पदा क्षेत्रमा पुरानै शैलीमा घर बनाउनुपर्ने नियम छ । सहरको सांस्कृतिक गरिमा कायम राख्न पुरानै शैलीमा निर्माण गराउनु उचित पनि हो । तर, पुरानो शैलीमा घर बनाउन बढी पैसा खर्च हुन्छ । तर त्यसका लागि राज्यले दिने सहयोग भने नगण्य छ । यसैगरी भित्री सहरमा अंशबण्डा हुँदा व्यक्तिका भागमा जमिनका ससाना टुक्रा परेको छ । यस्तो जमिनमा यति जग्गा नभई घर बनाउन नपाउने नियमले पनि सहरका पुराना बासिन्दा धेरैले घर बनाउन पाएका छैनन् । पुराना घरहरूलाई जोगाउने एउटा उपाय प्रबलीकरण हुनसक्थ्यो तर सरकारले नीति बनाउँदा गरेको गल्तीका कारण पीडितहरू त्यसमा आकर्षित हुन सकेनन् । यी सबैले गर्दा सहरी क्षेत्रमा पुनःनिर्माण असफल भएको छ । सायद यही विफलतालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुस्त भनेको हो । सम्पदा क्षेत्रको पुनःनिर्माणमा सरकार उदार भएको भए नेपाली विशेषगरी सहरवासीहरूले पनि आफ्नै शैलीमा धेरै काम सजिलै गर्ने थिए । बौद्धको पुनःनिर्माण यसको उदाहरण हो । जनतालाई उनीहरूको सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मा दिएको भए स्रोतसमेत जुटाउन सक्ने थिए । नेपालको पुनःनिर्माण संसारकै सामु एउटा उदाहरण बन्थ्यो ।

आफ्नो मातहतमा पुनःनिर्माण गर्न पाए कमिसन पाइने लोभले सरकारी पदाधिकारीले नागरिक समाजलाई संलग्न हुन दिएनन् । अहिलेको असफलताको एउटा प्रमुख कारण यो पनि हो । यसैगरी सामान्य अवस्था र ठाउँका लागि तय गरिएका नियम कानुन सहरभित्रका बाक्ला बस्तीका लागि व्यावहारिक भएनन् । जनतालाई सजिलो हुने गरी नियम लचिलो बनाउनुको साटो कठोर नियमको घेरामा बाँध्न खोज्दा सहरी पुनःनिर्माण विफल भएको हो । सम्पदा क्षेत्रमा बस्तीमा पुरानै शैलीका संरचना कायम राख्न प्रबलीकरणलाई प्रोत्साहित गर्नुपथ्र्यो । अहिलेको नीति एकांगी भयो । असफलताको अर्को कारण यो पनि हो । यसैले सांस्कृति सम्पदाको पुनःनिर्माण सम्बन्धित सरोकारवाला समुदायलाई जिम्मा दिने, पुराना सरकारी भवनहरूको प्रबलीकरणमा जोड दिने, जग्गाका हकमा जनताको सुविधाअनुसारको नियम संशोधन गरेर कम्तीमा भूकम्पपीडितका हकमा लचिलो व्यवस्था गर्नु न्यायोचित हुन्छ । यस्तै सम्पदा क्षेत्रका घरमा प्रबलीकरणलाई पुनःनिर्माण सरह नै सहुलियत दिएर प्रोत्साहित गर्ने र पुनःनिर्माण, प्रबलीकरणका लागि पीडितले ऋण लिन चाहेमा कन्जुसी नगरी सरकारले निश्चित अवधिसम्मका लागि ब्याज बेहोरी दिने हो भने अझै पनि नेपालको पुनःनिर्माण सफल ठहरिनेछ । आफैँले अध्यक्षता गरेको निकायको कामको प्रशंसा प्रधानमन्त्रीले गरेकै भरमा पुनःनिर्माण सफल भयो भन्ने ठान्नु आत्मरतिमात्र हुनेछ ।      

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC