प्रदेशको नाम 'बागमती' नमान्‍ने भन्दै प्रदर्शन (फोटो फिचर)

प्रदेशको नाम 'बागमती' नमान्‍ने भन्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौं । प्रदेश नम्बर ३ को नाम 'बागमती प्रदेश' मान्दैनौं भन्दै समाजवादी पार्टीको भ्रातृ संगठन नेवा: राष्ट्रिय समितिले विरोध जनाएको छ ।

नेवा: राष्ट्रिय समितिले मंगलबार राजधानीको रत्‍नपार्क अगाडि विरोध गर्दै 'पहिचान विरोधी बागमती प्रदेश मान्दैनौं' भन्दै नाराबाजी गरेका थिए ।

नेवा: राष्ट्रिय समितिले प्रदेश ३ को नाम 'नेवा: ताम्सालिङ्ग' प्रदेश नामाकरण हुनुपर्ने भन्दै विरोध र्‍याली निकालेको थियो । नेवा: राष्ट्रिय समितिले रत्‍नपार्कदेखि असनसम्म नाराबाजी गर्दै विरोध र्‍याली गरेको हो ।

प्रदेश सभाले मनमर्जी तरिकाले ३ नम्बर प्रदेशको नाम बागमती राखेको भन्दै विरोध गर्नुपरेको समाजवादी पार्टीका केन्द्रीय सदस्य परिवर्तन भट्टराईले जानकारी दिए । भट्टराईले प्रदेशको नाम नसच्याएसम्म आन्दोलन गरिरहनेसमेत बताए । 

आइतबार ३ नम्बर प्रदेशसभाको दोस्रो बैठकले प्रदेशको नाम 'बागमती प्रदेश' राख्‍ने प्रस्ताव पास गरेको थियो । यसैगरी उक्त बैठकले राजधानी हेटौडा रहेनसमेत प्रस्ताव पास गरेको थियो । 


 

हरिशजंग क्षेत्री

प्रतिकृया दिनुहोस
ad