site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकमा कुपोषणले विद्यार्थीको मृत्यु
Sarbottam CementSarbottam Cement

बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनमा कुपोषणका कारण एक विद्यार्थीको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा पर्याप्त पोषणयुक्त खाना किन्ना नसक्दा भएको ती विद्यार्थीको मृत्युले विश्वको ध्यान तानेको छ ।

टोनग्रिनस्थित गिजयु मेडिकल विश्व्विद्यालयमा सोमबार २४ वर्षीया वु हुयानको मृत्यु भएको मेडिकलका प्रवक्ताले पुष्टि गरे । उनले हुयानको मृत्युको कारण भने बताउन चाहेनन् । गिजयु फोररनर कलेजको तेस्रो वर्षमा अध्ययनरत हुयान १३५ सेन्टिमिटर अग्ली थिइन् भने उनको तौल २१ किलो थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी सानै हुँदा आमाबुबाको मृत्यु भएको थियो । भाइसँग सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्राप्त हुने तीन सय युआन (४३ डलर) प्रतिमहिनाको भरमा उनी जीविका चलाइरहेकी थिइन् । उनलाई मासिक प्राप्त हुने तीन सय युआनलाई निकै बचाउ गरेर आफ्नो जीवन बाँचिरहेकी थिइन् । उनको भाइलाई मानसिक समस्या छ । 

चिनियाँ सरकारी सञ्चाारमाध्यम युथ डेलीका अनुसार उनले हरेक दिनको खाजा खर्च बचाएर खानाका लागि जोहो गर्थिन् । उनले खुर्सानीसँग भात खान्थिन् । सरकारी विज्ञप्तिमा अनुसार उनी उच्च शिक्षा अध्ययन गर्न सुरु गरेदेखि उनलाई पोषणयुक्त खाना उपलब्ध गराइएको थियो । 

Global Ime bank

उनलाई अक्टोबरमा अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको मुटुको धमनीमा गम्भीर चोट लागेको थियो । उनको धमनीको उपचार गर्न करिब दुई लाख युआन (२९ हजार) डलर लाग्थ्यो  । 

हुयानको मृत्युपछि चिनियाँ सामाजिक सञ्जाोलमा विभिन्ना टिप्पणीहरु भइरहेका छन् । जसमा एक विद्यार्थीलाई बचाउन राज्यले किन पहल गरेन भन्नेि प्रश्न उठेका छन् । चिनियाँ सामाजिक सञ्जािल विबोमा एकजनाले भनेका छन्, "कसैले पर्याप्त खाना नपाएर ज्यान गुमाउनुपरेको कुरा कल्पना गर्न पनि सकिँदैन । सरकारले कस्तो गरिबी निवारण कार्य गरिरहेको छ ?" 

सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी जिन पिङ्ले सन् २०२० को अन्त्यसम्मा चीनबाट गरिबी उन्मूलन गर्ने र समृद्ध समाज निर्माण गर्ने घोषणा गरेका थिए । चीनले गरिबी उन्मूलनका लागि ७ लाख ७५ हजार कर्मचारीसमेत खटाएको छ । 

सन् २०१८ को विश्व बैंकको तथ्यांकअनुसार १३.६ ट्रिलियन अमेरिकी डलर गार्हस्थ उत्पादनसहित चीन दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । यद्पि चीनको आर्थिक विकासको यात्रा असमान समाज निर्माण गर्नेतर्फ अग्रसर भइरहेको छ ।
चीनको राष्ट्रिय तथ्यांकअनुसार सन् २०१८ को अन्त्यतिर सार्वजनिक एक तथ्यांकअनुसार १६ करोड ६० लाख मानिसहरु अझै पनि गरिबीको रेखामुनि छन् । -सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC