बजाजको नयाँ शोरुम स्याङ्जामा

बजाजको नयाँ शोरुम स्याङ्जामा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम “अर्पण इन्टरप्राइजेज” संचालनमा ल्याएको छ । 

शोरुमबाट बजाजको सेल्स, सर्भिस र स्पेयर्स सम्बन्धी सेवा दिने गरी अर्पण इन्टरप्राइजेजका संचालक अरुण श्रेष्ठलाई डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्ड भएको कम्पनीको दाबी छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । 

नयाँ शोरुमको उद्घाटन गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले यो शोरुमबाट ग्राहक उत्कृष्ट सेवा पाउने बताए । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस
ad