site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निम्न आयका महिलालाई २० हजार छुट दिने सम्झौता नवीकरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालले निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गरेको सम्झौता नवीकरण गरेका छन् ।

बैंकले निम्न आयस्तर भएका महिलालाई गत वर्षदेखि प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ । बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकका तर्फबाट मासिक १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

नवीकरण सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले हस्ताक्षर गरे । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC