site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आर्मीले शीर्ष स्थानमा पुग्ने मौका गुमायो, संकटासँग बराबरी
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा विभागीय क्लब त्रिभुवन आर्मीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबसँग बराबरी खेलेको छ । 

छैटौं चरणको खेलमा आमनेसामने भएको आर्मीले संकटासँग १–१ को बराबरी खेलेको हो । बराबरीसँगै आर्मीले लिगको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवयुग श्रेष्ठको गोलमार्फत अग्रता लिएको आर्मीले सम्हालिन नसक्दा बराबरी चित्त बुझाएको हो । 

Agni Group

आर्मीका लागि नवयुगले २९औं मिनेटमा हेडमार्फत सुन्दर गोल गरेका थिए । दिनेश हेन्जनको क्रसमा नवयुगले हेडर गोल गरेपछि आर्मीले अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक रणनीतिसहित मैदानमा प्रवेश गरे पनि आर्मी ५५ मिनेटमा गोलको सिकार भयो । युद्ध शाहीले गरेको फाउल प्राप्त पेनाल्टीमा संकटाका अमित तामाङले बराबरी गोल फर्काए । युद्धले दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छोडेपछि आर्मी ५५औं मिनेटपछि १० खेलाडीमा सीमित भयो ।

त्यसपछिको बाँकी समय दुवै टोलीले आक्रमक खेले पनि गोल गर्न नसक्दा १–१ को बराबरी खेल्नुपरेको हो । बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । आजको १ अंकसँगै आर्मी ६ खेलबाट १३ अंकसहित लिगको दोस्रो स्थानमा यथावत् छ । संकटाको लिगमा ८ अंक भएको छ । 

तस्बिरहरु : हरिशजंग क्षेत्री/ बाह्रखरी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC