उत्तरी काश्मीरमा हिम पहिरोमा परी तीन जवानको मृत्यु 

 उत्तरी काश्मीरमा हिम पहिरोमा परी तीन जवानको मृत्यु 

नयाँ दिल्ली । उत्तरी काश्मीरमा गएको हिम पहिरोमा परि तीन जवानको मृत्यु भएको छ । एकजना बेपत्ता भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार जम्मु काश्मीरमा हिमपहिरो जारी छ । हिम पहिरोले विशेष गरी कुपवारा, बारामुला र गन्देरबल क्षेत्रमा बढी प्रभाव पारेको छ । बेपत्ता जवानको खोजी भइरहेको जनाइएको छ । 

गत साता जम्मु काश्मीरको पोंच क्षेत्रस्थित लाइन अफ कन्ट्रोल नजिकै हिम पहिरो गएको थियो । जसमा एकजनाको ज्यान गएको थियो भने तीनजनाको जिवितै उद्धार गरिएको थियो । - डीएनए इन्डिया

प्रतिकृया दिनुहोस
ad