site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आयोगका उपाध्यक्ष गिरीविरुद्ध अख्तियारमा उजुरी
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा उनले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ ।

झापामा रहेको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गाप्रसाद प्रसाईंले उपाध्यक्ष गिरीविरुद्ध भ्रष्टाचार तथा घूस लिई अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै पुस २७ गते उजुरी दर्ता गराएका हुन् । राजधानीको एक होटेलमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईले उजुरी दर्ता गराएको बारे सार्वजनिक गरेका हुन् ।

Agni Group

प्रसाईंले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न सबै निवेदन लिएर जाँदा पनि गिरीले २० करोड रुपैयाँ घुस मागेको र नदिए कम्पनीको १० प्रतिशत सेयर आफन्तका नाममा गरिदिन भनेको उजुरीमा उल्लेख गरेका छन् ।

स्वास्थ्य सेवा बिमा बोर्डमा कार्यकारी निर्देशक छँदा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष र अहिले आयोगको उपाध्यक्ष रहँदा घुस लिई अकुत सम्पत्ति आर्जन गरेको उजुरीमा आरोप लगाइएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ प्रतिकुलको कसुर भएको र निजले यसअघि पनि यसैगरी सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्ने गरेको प्रसाईको आरोप छ । 

Global Ime bank

उता आयोग उपाध्यक्ष डा. गिरीलाई यसबारे थप बुझ्न खोज्दा जवाफ दिन मानेनन् । ‘‘अहिले म मिटिङमा छु, साँझ यसबारे थप कुरा गरौंला,’’ यतिभन्दै उनले मोबाइलको लाइन काटे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC