काठमाडौं । भारत भ्रमणमा रहेको अस्ट्रेलिया एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज घरेलु टोलीको सामना गर्दै छ ।
तीन एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलिया घरेलु टोलीको सामना गर्न लागेको हो । मुम्बईमा हुने खेल नेपाली समयअनुसार साढे १ बजे सुरु हुनेछ । श्रीलंकासँगको टी–ट्वान्टी सिरिज कब्जा गरेको भारत एकदिवसीय सिरिज जित्ने लक्ष्यसहित अस्ट्रेलियाविरुद्ध मैदान उत्रिँदै छ । भारतविरुद्धको सिरिज आफनो पक्षमा पार्ने अस्ट्रेलियाको रणनीति छ । अस्ट्रेलियाविरुद्धको सिरिजपछि भारतले न्युन्जिल्याण्डविरुद्ध ५ टी–ट्वान्टी सिरिज खेल्नेछ ।
भारतको सम्भावित प्लेइङ ११ :
कप्तान विराट कोहली, शिखर धवन, रोहित शर्मा, केएल राहुल, श्रीयस ऐयर, केदार जादभ, रवीन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी अथवा नभदिप सैनी र जसप्रित बुम्रराह ।
अस्ट्रेलियाका सम्भावित प्लेइङ ११ :
डेबिड वार्नर, कप्तान आरोन फिन्च, स्टेभन स्मिथ, मार्नुस, पिटर हेन्डकोम्ब, एलेक्स केरी, एस्टन, प्याट कुमिन्स, मिचेल स्टार्क, जोश हाज्वुड र एडम जाम्पा छन् ।