site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘ओस्कारको नजरमै पर्दैनन् सार्कका चलचित्र’
Sarbottam CementSarbottam Cement

काठमाडौं । यस वर्षको ओस्कार अवार्डको मनोनयनमा अमेरिकाको मनोवैज्ञानिक थ्रिलर फिल्म जोकर सबैभन्दा धेरै ११ विधामा मनोनयन भएको छ । जोकरलाई बेस्ट फिल्म, बेस्ट डाइरेक्टर, बेस्ट एक्टरका साथै ११ विधामा मनोनयन गरिएको हो । 

जोकर अघिल्लो साता बेलायती एकेडेमी फिल्म अवार्डमा पनि ११ विधामा मनोनयनमा परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

द आइरिशम्यान १९१७ र वन्स अपन अ टाइम इन हलिवुड  १०–१० नोमिनेशनमा परेको छ । 

जोकरसँगै बेस्ट फिल्म श्रेणीमा द आयरिसम्यान १९७१  र वन्स अपन अ टाइम इन हलिउडलाई पनि मनोनयनमा पारिएको छ । 

Global Ime bank

बेस्ट फिल्मको श्रेणीमा फार्ड भर्सेस फेरारी, जोजो  र्‍याबिट, लिटिल वुमन, म्यारिज स्टोरी र दक्षिण कोरियाली फिल्म प्यारासाइट पनि मनोनयनमा परेका छन् । भारतबाट गली ब्वायलाई ओस्कारमा पठाइए पनि उक्त चलचित्र पनि मनोनयनमा परेन । 

नेपालबाट यो वर्ष चलचित्र ‘बुलबुल’ लाई ओस्कारका लागि सिफारिस गरिएको थियो । यद्यपि ‘बुलबुल’ले पनि आफूलाई मनोनयनमा पार्न सकेन । ‘बुलबुल’ निर्देशक बिनोद पौडेलले भने, “अर्बमा लगानी गरेका चलचित्रसँग लाखमा बनेका चलचित्रले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ,” विनोद भन्छन्, “त्यसमा पनि सार्कका चलचित्र भनेपछि खासै नोटिस नै गर्दैनन् । भारतकै चलचित्रलाई पनि उनीहरुले वास्ता गर्दैनन्, नेपाली चलचित्र त धेरै परको कुरा भयो ।” 

ओस्कारमा ‘बुलबुल’ सिफारिस   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC