site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिका-इरान द्वन्द्वले चीनको टाउको दुखाइ, उत्तर कोरिया उत्साही 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाले जनवरी २ को राति बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका(इरानबीचको तनाव चुलिएको छ । इरानले इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा जवाफी कारबाही गरेको थियो भने जनवरी ८ मा युक्रेनी विमान खसालेको पनि स्वीकार गरिसकेको छ । 

इरान(अमेरिकाबीचको तनावलाई अमेरिकासँग व्यापार युद्ध चलिरहेको चीन र अमेरिकाले प्रतिबन्ध लगाएको उत्तर कोरियाले यस तनावलाई कसरी हेरिरहेका छन् भन्‍ने विषयमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आधारमा यहाँ चर्चा गरिएको छ । 

चीन(अमेरिकाबीचको व्यापार युद्ध समाधान हुन सकेको छैन भने हङकङ मामिलामा अमेरिकाले हस्तक्षेप गरेको र आन्दोलनकारीलाई उक्साउने काम गरेको भन्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनले पटक(पटक चेतावनी दिइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी चिनियाँ सहयोग पाएको उत्तर कोरियाले पनि पछिल्लो समय अमेरिकासँगको वार्ताको समय सकिएको बताउँदै परमाणु कार्यक्रमलाई निरन्तरता दिने  र निकट भविष्यमै 'नयाँ रणनीतिक हतियार' बनाउने चेतावनी दिएको थियो । 

यहीबीच सिर्जना भएको अमेरिका-इरान तनावले चीनलाई आर्थिक टाउको दुखाइ बनेको छ भने उत्तर कोरियालाई भने रणनीतिक अवसर भएको विज्ञहरुले बताएका छन् ।

Global Ime bank

मध्यप"र्वमा तनाव बढेको समयमा पश्चिमा राष्ट्रहरु एक भएर इरानमाथि दबाब सिर्जना गर्दा चीनलाई चिन्ताको विषय बनेको छ । चीनका लागि तेल निर्यात गर्ने मुख्य मुलुक हो इरान । इरानपछि तेल आयातका मुख्य स्रोतहरु साउदी अरेबिया र इराक हुन् । पूर्वाधार सम्झौता अन्तर्गत अक्टोबर २०१९ देखि चीनले यी मुलुकहरुबाट दैनिक एक लाख ब्यारेल कच्चा तेल आयात गर्दछ । 

जसमध्ये इरानले पनि चीनका लागि ठूलो मात्रामा कच्चा तेल निर्यात गर्थ्यो । 

तर, सन् २०१८ मा अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि उक्त निर्यात घटेको हो । सन् २०१९ को नोभेम्बरमा चीनले एक महिनामा पाँच लाख ३९ हजार १०६ टन कच्चा तेल आयात गरेको थियो । चिनियाँ भन्सार कार्यालयको तथ्यांकअनुसार अप्रिलमा ३० लाख ४० हजार टन कच्चा तेल इरानबाट आयात गरेको थियो । 

चीनलाई इरानसँगको अमेरिकी तनावले आर्थिक विषयमा पारेको प्रभावले टाउको दुखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इरान-अमेरिका तनाव चीनमा कुनै राजनीतिकभन्दा पनि व्यापार घटेकोप्रति बढी देखिन्छ । 

तर, उत्तर कोरियाले भने यस विषयलाई राजनीतिक रुपमै हेरेको छ । उत्तर कोरियाले इरानी सैन्य कमान्डर सुलेमानीको हत्यालाई अमेरिकाले आफ्नो शासन शैली परिवर्तन गरेर आफ्नो सुरक्षाका लागि आणविक कार्यक्रम अघि सारिरहेको अर्थमा बुझेको रणनीतिज्ञहरुले बताएका छन् । 

चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्स म्यागेजिनको बुधबारको संस्करणमा प्रकाशित सम्पादकीयमा ट्रम्प प्रशासनको आलोचना गरिएको छ । जसमा अमेरिकाले इरानमा संकट निम्त्याएर चिनियाँ अर्थतन्त्रलाई चोट पुर्‍याएको उल्लेख छ । 

सम्पादकीयमा भनिएको छ, "यसरी इरानमा संकट पैदा गर्नुको मुख्य उद्देश्य चिनियाँ विकासलाई असफल पार्ने वा चीनलाई पनि सैन्य विवादमा तान्‍ने रहेको छ । बढ्दो उर्जामा चीन इरान र अन्य मध्यपूर्वका मुलुकहरुमा निर्भर छ । अमेरिका(इरानको द्वन्द्वले क्षेत्रीय कलह र अशान्ति फैलाएर यस निर्भरतामा प्रहार गरेको छ ।" 

विकल्प के छन् त ? 

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको प्रशासनले इरानी सैन्य कमान्डर सुलेमानीको हत्यामा अमेरिकाको कडा आलोचना गरेको थियो । विश्लेषकहरुका अनुसार चीनको जस्तो आलोचना अन्य मुलुकहरुले पनि गर्न सक्छन् । 

डिसेम्बर २०१९ मा चीनले इरान र रुससँग गल्फ अफ ओमानमा संयक्त जलसैन्य अभ्यास गरेको थियो । "चीनले अमेरिकासँग तितो बोलेर थप तनाव बढाउन चाहन्‍न । चीनको मुख्य उद्देश्य क्षेत्रीय स्थायित्व र अमेरिकासँगको व्यापार युद्धलाई समाप्त पार्ने रहको देखिन्छ । चीनको परराष्ट्र नीतिको मुख्य प्राथमिकता पनि यही छ," सिंगापुरको भेरिस्क मपलक्रोफ्टका लागि परामर्शकर्ताको रुपमा कार्यरत वरिष्ठ एसिया विश्लेषक काहो युले भने । 

सन् २०१८ यता विश्वका ठ"ला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीन व्यापार युद्धमा छन् । जसले चिनियाँ औधोगिक क्षेत्र खुम्चिएको छ । सन् २०१९ को अन्तिम तीन महिनाको आर्थिक वृद्धि ६ प्रतिशत थियो, जुन सन् १९९२ पछिको सबभन्दा कम हो । निर्यात र उत्पादनमा मन्दी लागेपछि चीनको आर्थिक वृद्धिदर तीन दशककै ओरालो लागेको हो । 

चीनका लागि दीर्घकालीन र कृत्रिम गुप्तचर कम्पनीका संस्थापक टोनी नाशले भने, "बेइजिङसँग निरन्तर व्यापार युद्ध लडिरहने सामर्थ्य छैन ।" पछिल्लो समय वाशिङ्टनसँग व्यापार युद्ध अन्त्य गर्ने समझदारी नजिक पुगेको चीनलाई इरान 'फ्याक्टर' ले पनि नोक्सान गरेको छ । 

"ट्रम्पले चिनियाँ कम्पनी र व्यापारलाई इरानसँगको बार्गेनिङ कार्डको रुपमा व्यापार सम्झौतामा प्रयोग गर्न सक्छन्," विश्लेषक युले भने, "चीनले इरानी कच्चा तेलको निर्यात प्रतिबन्धलाई पालना गर्नेछैन र इरानको मुख्य हतियार निर्यातकर्ता मुलुक बनिरहनेछ ।" 

सेप्टेम्बर २०१८ मा अमेरिकाले धेरै चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । जसमा इरानी कच्चा तेल निर्यातमा जानाजान संलग्‍न भएको भन्दै दुईवटा पानीजहाज कम्पनी इकाइमाथि पनि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्धको नीतिलाई उल्लंघन गरेको भन्दै दुईवटा पानीजहाज कम्पनी इकाइमाथि प्रतिबन्ध लगाएको हो । 

चीनको बृहत् टेलिकम्युनिकेसन कम्पनीले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्‍न गरेको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो । हुवावेका फाइनान्सियल अफिसर प्रमुख मेङ वानजउले अहिले पनि अमेरिकासँगको सुपुर्दगीका लागि संघर्ष गरिरहेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले बृहत्तर सुरक्षा खतरालाई चिनियाँ कम्पनीहरुबाट जोगाउनका लागि अन्य मुलुकहरुलाई 'कन्भिन्स' गर्ने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निक मारोले भने, "सुलेमानी हत्यालाई अन्तर्राष्ट्रिय समुदायले अमेरिकी लापरवाहीको रुपमा हेरेका छन् । यस घटना ट्रम्प प्रशासनको विश्‍वसनीयता नै खस्किएको छ ।" 

उत्तर कोरिया उत्साही 

रणनीतिज्ञका अनुसार तेहरानमाथि ट्रम्पको 'एक्सन' प्रति प्योङयाङले के प्रतिक्रिया दिन्छ भन्ने बारेमा चासो पैदा हुने गर्थ्यो । र, यसपटक पनि त्यस्तै भयो । सन् २०१८ मा अमेरिका इरानसँगको परमाणु सम्झौताबाट बाहिरिएपछि उत्तर कोरिया आफ्नो कूटनीतिबाट टाढिने चिन्ता बढेको थियो । 

डिसेम्बर सन् २०१९ मा अमेरिकासँगको वार्ताको समयसीमा सकिएको घोषणा गर्दै चरणबद्ध मिसाइल परीक्षणपछि उत्तर कोरियाली नेता किम जोङ उनले 'नयाँ रणनीतिक हतियार'  उत्पादन गर्ने चेतावनी दिएका थिए । सुलेमानीको हत्याले किमलाई फेरि प्रोत्साहित गरेकोप्रति चिन्ता बढेको छ । 

"अमेरिद्वारा इरानी सैन्य कमान्डरको हत्याले प्योङयाङलाई आफ्नो आगामी योजनाका बारेमा थप सोच्‍न बाध्य बनाएको छ," सिओलस्थि इहा विश्वविद्यालय अन्तर्राष्ट्रिय अध्ययनका सहप्राध्यापक लिफ-इरिक इज्‍लीले मंगलबार अस्ट्रेलियन थिंक ट्‍यांकद्वारा प्रकाशित नोटमा भनेका छन् । 

उनले थप लेखेका छन्, "प्योङयाङले अहिलेको इरानी घटनालाई निशस्त्रीकरणको मुद्दालाई हटाउने र आफ्नो स्थायित्वका लागि आत्मरक्षाको रणनीति लिने भन्‍ने सन्देश दिएको छ ।" 

किमले सन् २०१९ को अन्तिम दिन सम्बोधन गर्दै भनेका थिए, "अमेरिकाले दक्षिण कोरियासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने अनि 'ग्याङ्स्टरका जस्ता माग'हरु राखेर उत्तर कोरियामाथिको प्रतिबन्धलाई निरन्तरता दिने काम गर्‍यो । यस्तो अवस्थामा उत्तर कोरियाले वार्ता गर्ने कुनै आधार बाँकी रहेन । अब उत्तर कोरियालाई स्वघोषित परमाणु  र अन्तरदेशीय ब्यालेस्टिकक मिसाइल परीक्षण रोक्‍न कुनै पनि शक्तिले सक्दैन ।"

उत्तर कोरियाली नेता किमको अभिव्यक्तिको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनमा पत्रकारसँग कुरा गर्दै भने, "नेता किमले परमाणु निशस्त्रीकरणको सम्झौतामा हस्ताक्षर गरेको र आफ"लाई उत्तर कोरियाली नेता आफ्नो वचनमा पक्का रहने व्यक्ति हुन् । " 

"सुलेमानीको हत्याले उत्तर कोरयाप्रतिको ट्रम्पको रणनीतिलाई थप स्पष्ट पारेको छ," सिनोएनके अनुसन्धान सम"हका कोरियन विज्ञ एन्थोनी रिनाले भने । 

"पछिल्लो कदमले अमेरिकी विदेश नीतिलाई खतरामा ल्याएको छ । यसले अन्य मुलुकहरुलाई पनि वाशिङ्टनसँग सहकार्यमा सशंकित बनाउनेछ," उनको चेतावनी छ,"इरान(अमेरिकी सम्बन्धमा आएको समस्याले अन्य मुलुकहरुलाई पनि अमेरिकी सही नियतप्रति शंका गर्ने बनाएको छ भने निशस्त्रीकरणको उत्तर कोरिया पनि सम्भव हुन नसक्नेप्रति संकेत गरेको छ ।" 

"उत्तर कोरियामाथिको अमेरिकी प्रतिबन्ध र निशस्त्रीकरणको मुद्दामा चीन र रुसले आफ"लाई वैकल्पिक शक्तिराष्ट्र स्थापित गरेको एकदम सही छ," रिनाले भने ।

(*एजेन्सीहरुको सहयोगमा तयार)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC