site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

केही वर्ष यता विशेषगरी दोस्रो जनआन्दोलनपछि राज्य पुनःसंरचनाका नाममा राज्यकै विभिन्न अंग र निकायको विश्वसनीयता समाप्त पार्न नियोजित प्रयास भएको देखिएको छ । राजनीतिक दल, संसद्, प्रशासन संयन्त्र, न्यायालय र सुरक्षा निकाय सबैको साख गिरेको छ । राज्यका सबै अंगप्रति जनतामा वितृष्णा र अविश्वास बढ्दै गएको छ । विडम्बना, राज्यको साख गिराउने काम राजनीतिक नेतृत्वको सक्रियतामा भएको छ र अरू अंगका क्रियाकलापले त्यसमा सहयोग गरेको छ । यति हुँदासम्म पनि नेपाली सेनाको विश्वसनीयता अपेक्षाकृत जोगिएको थियो । दुर्भाग्य, पछिल्ला दिनमा सेनालाई समेत विवादमा पार्ने खेल हुन थालेको देखिएको छ । सेनासँग सम्बन्धित छलफलमा असम्बन्धित व्यक्तिहरूको उपस्थिति सम्भवतः यही षड्यन्त्रको अङ्ग हो । यसमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको भूमिका बढी संदिग्ध देखिएको छ । यसअघि सैनिक छलफलमा असम्बन्धित व्यक्तिहरूको आपत्तिजनक उपस्थिति सार्वजनिक भएको थिएन ।

राज्यका सबै अङ्गमा कब्जा गर्ने मनसाय भएका कम्युनिस्ट नेताहरू सेनासँगको आन्तरिक छलफलमा सहभागी हुन लालयित हुनु अस्वाभाविक होइन । सुरक्षा निकायसँगको छलफलमा पार्टीका नेता वा निजी सहयोगीहरूलाई संलग्न गराउन प्रधानमन्त्री वा रक्षामन्त्री नै हिचकिचाउनु पर्थ्यो । प्रधानमन्त्रीबाट राज्यका निकायहरूको मर्यादाको रक्षा हुने अपेक्षा राखिएको हुन्छ । नेपालको संविधान र नेपाली सेनासम्बन्धी कुनै कानुनले असम्बन्धित व्यक्तिलाई सैनिक छलफलमा समावेश गराउने अनुमति दिँदैन । तर, प्रधानमन्त्री वा रक्षामन्त्रीले नै पार्टीका नेता र निजी सहयोगीलाई संवेदनशील सुरक्षा छलफलमा सहभागी गराएको देखियो । यस्तो अवस्थामा सेनाका तर्फबाट आपत्ति प्रकट गरिनुपर्थ्यो । एकपटक सेनाले असम्बन्धित व्यक्ति सहभागी हुन नहुने जनाउ दिए यस्तो आपत्तिजनक अभ्यास पक्कै रोकिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार प्रमुखलाई जानकारी गराउने बैठकमा सत्तारुढ दलका नेताहरूलाई उपस्थित हुन दिँदा भोलि विपक्षी दलका नेताले पनि सुरक्षा रणनीतिबारे हुने छलफलमा भाग लिने चाहना राखे भने के गर्ने ? सेनाले कुन छलफल खुला गर्ने र कुन नगर्ने ? यसैले विवादमा परेर साख नगुमाउने हो भने नेपाली सेनाले सैनिक मर्यादा खुकुलो बनाउनु हुँदैन । गोपनीयताको शपथ नखाएका र संविधानले नचिनेका व्यक्तिहरूलाई सेनाले आफ्ना छलफलहरूका उपस्थित हुनबाट रोक्नुपर्छ । संविधानले नचिनेकाहरूको आदेश नमान्ने र तिनलाई नागरिकलाई भन्दा बढी सूचना तथा पहुँच नदिने अभ्यास सबै सुरक्षा निकाय र निजामती सेवाका अधिकारीहरूले पनि गर्ने हो भने राज्यको गुमेको साख फर्कन सक्नेछ । सैनिक र गैरसैनिक सबै राष्ट्रसेवकले आफू राज्यप्रति मात्र उत्तरदायी भएको बिर्सनु हुँदैन ।    

              
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC