site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अवैध उत्खननको विरोध गर्ने धनुषाका युवकको हत्यालाई स्थान विशेषको सामान्य अपराध ठानेर उपेक्षा गर्न खोजियो भने त्यसको देशभर डरलाग्दो दूरगामी प्रभाव पर्नेछ । धनुषा जिल्लाको मिथिला नगरपालिका – ५ को औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न आवाज उठाउने स्थानीय युवकलाई गिटीबालुवा चोर्न गएको ट्रिपरले किचेर हत्या गरिएको समाचारले अपराधीहरूको दुस्साहस निकै बढेको उजागर हुन्छ । इन्जिनियररिङ विद्यार्थी स्थानीय युवाले औरही खोलामा भइरहेको जथाभावी खन्ने खोस्रने कार्यको विरोध गर्दै त्यसबाट स्थानीय बासिन्दामा पर्नसक्ने प्रभावका स्रम्बन्धमा चासो र चिन्ता प्रकट गर्दैआएका थिए । तिनै युवकलाई बिहान सबेरै खोलामा अवैध उत्खनन रोक्न गएको अवस्था पारेर ट्रिपरले किचेर मारिएको छ । घटनापछि भागेका ट्रिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपालभर केही वर्ष यता खोलाका प्राकृतिक स्रोतको चरम दोहन भइरहेको छ । चुरे पहाडको दोहनप्रति सरकारको सामान्य ध्यान गएको देखिए पनि देशभरका नदी र खोलामा ढुंगा, बालुवा, गिटी जम्मा गर्ने नाममा भएको दोहनमा भने स्थानीय सरकारहरूको मिलेमतो रहेको छ । अधिकांश स्थानीय तहले खोलाको दोहनलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । तीमध्ये धेरैमा प्रत्यक्ष परोक्षरूपमा स्थानीयदेखि राष्ट्रिय स्तरका राजनीतिक नेता कार्यकर्ता संलग्न रहेकाले दोहन कार्य वैध वा अवैध जस्तो भए पनि निर्बाध चलिरहेको छ । प्रहरी अधिकारी र सम्बन्धित जिल्लाका प्रशासकहरू पनि यस्ता अवैध दोहनमा हिस्सेदार रहेका समाचार बेलाबखत सार्वजनिक भइरहेका छन् । यसैले थाहा पाएर पनि अवैध क्रसर चलाउनेहरूलाई प्रहरीले पक्रने वा प्रचलित कानुनअनुसार कारबाही चलाउने गर्दैन । यही साँठगाँठले औरहीमा अवैध उत्खननको विरोध गर्ने युवाको हस्ता गर्ने आँट अपराधीहरूमा पलाएको हुनुपर्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले सामाजिक सञ्जाल नियन्त्रणमा जति देशको प्राक्रितिक स्रोतको अवैध दोहन रोक्न गरेको भए ठूलो परिणाममा देशको सम्पत्ति जोगिने थियो । तर, यस्तो अवैध दोहन प्रायः स्थानीय तहका निर्वाचित पदाधिकारीकै संलग्नता वा संरक्षणमा हुने र अधिकांश स्थानीय तहमा कम्युनिस्ट पार्टीकै कार्यकर्ता विजयी भएका हुनाले सरकार देशमा निकट भविष्यमै ठूलो अनिष्ट हुने जान्दाजान्दै पनि यस्तो दोहन रोक्न अग्रसर नभएको हुनुपर्छ । प्राकृतिक स्रोत साधनको अवैध र लापरबाहीपूर्ण दोहनले समाजमा परिश्रम नगरी कमाउने एउटा समूह तयार भइरहेको छ । स्थानीय युवालाई यस्तो कमाइले कुलत र अपराधवृत्तितर्फ धकेलिरहेको छ । नदी र खोलाको ढुंगा, गिटी, बालुवा अवैधरूपमा उत्खनन गरिने ठाउँमा वातावरणीय विध्वंश त भइरहेकै छ सामाजिक विध्वंश पनि अवश्यंभावीजस्तै देखिन थालेको छ । औरहीका युवाको हत्या यसैको लक्षण हो । यस्तो अवश्यंभावी हुन लागेको विनाश रोक्नु राज्यको पहिलो कर्तव्य हो । औरहीको घटनामा गम्भीर छानबिन गरेर हत्यारा र मतियार सबैलाई प्रचलित कानुनबमोजिम दण्ड दिइयोस् । राजनीतिक हस्तक्षेप वा आर्थिक प्रलोभनमा प्रहरी नपरोस् र न्यायालय नबिटुलियोस् । यस्तो अपराध क्षम्य हुँदैन भन्ने सन्देशमात्र दिन सके पनि देशको कल्याण हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC