site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हास्यकलाकारको अवस्था अझै दयनीय  
Ghorahi CementGhorahi Cement

सुरेन्द्र केसी (मुलाका साग) लामो समयदेखि हास्यव्यङ्ग्य क्षेत्रमा सक्रिय छन् । ‘मेरी बास्सै’, ‘हर्के हल्दार’, ‘माइकल ज्याक्सन’, ‘तीते करेली’, ‘लाल पुर्जा’ लगायत दर्जनौं टेलिचलचित्रमा काम गरेका छन् । एकाध चलचित्रमा पनि काम गरिसकेका केसी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले काठमाडौंका डबलीमा सडक नाटक र प्रहसन देखाएको देखेर हास्यव्यङ्ग्य क्षेत्रतर्फ आफू आकर्षित भएको बताउँछन् । कलाकारको बाँच्ने आधार भनेकै स्टेज कार्यक्रम हुन् । तर त्यसबाट पनि कमै निम्तो आउनु र आए पनि पारिश्रमिक न्यून हुनुले समस्या झनै आकासिएको उनको गुनासो छ । उनै सुरेन्द्र केसीसँग बाह्रखरीले गरेको कुराकानी :

० ० ०

‘मेरी बास्सै’ र हर्के हल्दार’मा काम गरिरहनुभएको छ । ‘मेरी बास्सै’ मा समकालीनहरू सबैलै छाडिसके तर तपाईं त्यसमै हुनुहुन्छ नि !
मलाई पछिल्लो समय चिनाएको ‘मेरी बास्सै’ ले नै हो । मलाई ‘मुलाको साग’ भनेर चिनाएको यही टेलिचलचित्र नै भएकाले मलाई यसको सधैं माया लाग्छ । त्यसैले पनि छाड्न सकेको छैन । यसमा ब्यालेन्समा रोल पाइरहेको छु । त्यसैले पनि छोड्न मन लाग्दैन । 

Agni Group

‘हर्के हल्दार’ मा चोर फटाहाको रोल छ । यसमा चाहिँ लामै रोल छ । ‘हर्के हल्दार’ मा नकारात्मक क्यारेक्टर छ भने ‘मेरी बास्सै’ सकारात्मक चरित्र छ । दुइटैमा छुट्टाछुट्टै मजा छ ।

पछिल्लो समय कमेडियनको माग कथानक चलचित्रमा धेरै छ । तर तपाईं भने चलचित्रमा खासै देखिनु हुन्न नि ?
हो म कथानक चलचित्रमा खासै देखिँदैन । कारण अफर नआएर नै हो । बीचमा मैले चलचित्र ‘काले दाइ’ मा काम गरेको थिएँ । रोल पनि राम्रो थियो । तर चलचित्र चलेन । टेलिचलचित्रमा त थुप्रै अफर आउँछ । तर गरेको छैन । चलचित्रमा भने अफर नआएरै नगरेको हो । अफरको पर्खाइमा छु । 

Global Ime bank

हास्य कलाकारका लागि गन्तव्य नै चलचित्र बनेको छ, कारण के हो ?
हो, अहिले धेरै हास्य कलाकार चलचित्रमा हुनुहुन्छ । दीपक–दीपा, जितु नेपाल, केदार घिमिरे, धुर्मुस–सुन्तली, शिवहरि पौडेल, किरण केसी चलचित्रमा व्यस्त हुनुहुन्छ । मचाहिँ छैन । यही धोको पूरा गर्न हामी चलचित्र ‘लक्का जवान’ बनाइरहेका छौं । शिवहरि दाइले निर्देशन गरिरहनुभएको छ । दिलीप रायमाझी पनि हुनुहुन्छ यसमा । 

टेलिफिल्ममा खुम्चिएर बसिरहेका कलाकार फिचर फिल्ममा जाने रहर सबैलाई हुन्छ । ‘छक्का पञ्जा’ राम्रोसँग चलेपछि लहरै आयो । 

अर्को कुरा आकर्षक पारिश्रमिक पनि चलचित्रमा कलाकार आकर्षित हुनुको अर्को कारण हो । टेलिचलचित्रमा ५/७ हजार पाइन्छ । तर चलचित्रमा त राम्रै पारिश्रमिक हुन्छ । 

दर्शकको पहुँचका हिसाबले हेर्दा त टेलिचलचित्र एकैपटक धेरै दर्शकमाझ पुग्छ नि हैन र ?
हो । तर पछिल्लो समय टेलिभिजन हेर्नेको संख्या घट्दै गएको छ । युट्युबमा मात्रै हेर्ने गरेको पाइन्छ । त्यो पनि विदेशमा बस्ने नेपालीले आफ्नो फुर्सदको समयमा हेरेको पाइन्छ । 
पहिला टेलिचलचित्र प्रशारण भएको भोलिपल्टदेखि दर्शकको बधाई र तारिफको ओइरो लाग्थ्यो । तर अहिले अघिल्लो राति टेलिभिजनमा कार्यक्रम प्रशारण भएको हुन्छ । भोलिपल्ट बिहान दर्शकले सोध्छन्, आजकाल टेलिचलचित्र खेल्न छोडेको हो ? कतै देखिदैनौं त । टेलिचलचित्र कुरेर बस्ने समय हराएछ अहिले । 

कलाकारका अहिलेका दुःख के–के हुन् ?
हामी हास्य कलाकार महोत्सवहरूबाट आउने पारिश्रमिकबाट बाँचिरहेका थियौं । अहिले ठ्याम्मै बोलाउन छाडेको अवस्था छ । बोलाइयो भने पनि राम्रो पारिश्रमिक पाइँदैन । जम्मा ३० हजार त्यो पनि आउने–जाने खर्च त्यसबाटै गर्नुपर्छ । पहिलो ६० हजारभन्दा माथि हुन्थ्यो । पहिला रुट मिलाएर कार्यक्रममा जान्थ्यौं । १०/१२ दिनमा फर्किंदा तीन/साढे तीन लाख रुपैयाँ खल्तीमा हुन्थ्यो । अहिले ठेकेदारी प्रथाले पारिश्रमिक नै कम भयो । 

हामीमा यति धेरै विकृति छ । एउटाले दुःख गरी तयार पारेको कमेडी पञ्च एक सातापछि अर्कै कलाकारले चोरेर बोलिसक्छ । पछि त्यही व्यक्तिले त्यो डाइलग प्रयोग गर्दा दर्शकले यो त अस्ति नै फलानोले भनिसक्यो नि भन्नुहुन्छ । 

तपाईंजत्तिका कलाकारले पनि अन्य व्यवसाय नगरी कलाकारिताबाटै जीवन धन्न सक्ने अवस्था छैन ?
दुःख छ । अर्को कुनै काम वा व्यापार नभए त कहाँ सकिन्छ र बाँच्न । महोत्सवले बोलाउँदैनन्, बोलाए पनि एकदम कम पैसा दिन्छन्, जानु कि नजानु आफैंलाई लाज लाग्छ । 

नाम नलिउँ, मेरा कति साथीहरू हुनुहुन्छ साँच्चै फेरेर लगाउन लुगा पनि छैन उहाँहरूसँग । टप हास्य कलाकार सबै होइन तर तपाईं हामीले देखिरहेका मन पराइरहेका कलाकारले फेरर लुगा लगाउन पनि सक्नु हुन्न । दयनीय अवस्था छ । मैले भावनामा बहकिएर भनेको हैन, मैले देखेको कुरा हो यो । दुःख छ धेरै कलाकारलाई । 

त्यो पनि आयोजकले उधारो पारिश्रमिकमा बोलाउँछन् होइन ?
त्यो पनि छ । मचाहिँ त्यसरी मान्दिनँ । तर धेरैले सुरुमा गरेको डिलअनुसार पारिश्रमिक पनि दिँदैनन् । कार्यक्रम गरिसकेपछि बार्गेनिङ गर्छन् । घाटा लाग्यो पारिश्रमिक घटाइदिनुप¥यो भन्छन् । कतिले पछि दिउँला भन्छन्, बैंक अकाउन्ट छाडिदिनुस् पछि हाल्दिन्छु भन्छन्, चेक दिन्छन् । चेक बाउन्स हुन्छ । बैंक खातामा कहिल्यै पैसा आउँदैन । 

पछिल्लो समय कमेडी ‘शो’ हरू पनि हुन थालेका छन् नि ! यसले व्यावसायिकता विकास गर्छ ? 
हामी पुराना कलाकार भयौं । हामीपछि अर्को पुस्ता आउँछ कि आउँदैन, आयो भने कस्तो आउँछ भन्ने थियो । तर अहिले भइरहेका ‘शो’ हरू हेर्दा अर्को पुस्ता कमेडीमा राम्रो आउँछ भन्न सकिन्छ । हामी वर्षौंदेखि एउटा प्याटर्नमा काम गरिरहेका थियौं । त्यसलाई छाड्न पनि नसक्ने र नयाँ पनि गर्न सक्दैनौं । तर अब आउने पुस्ताले कमेडीमा पक्कै पनि नयाँ पन भित्र्याउने अपेक्षा गर्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC