site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पछिल्ला केही दिनमा सरकारभित्र भ्रष्टाचार छ कि भ्रष्टाचारभित्र सरकार छ द्विविधा हुनेगरी भ्रष्टाचारका घटना सार्वजनिक भइरहेका छन् । ऐन नै संशोधन गरेर सरकारले व्यवसायीलाई राज्यको सम्पत्ति सुम्पेको पुष्टि हुँदा पनि संसद्, प्रमुख विपक्ष, संवैधानिक निकाय सबै मौन रहेका छन् । सायद, प्रधानमन्त्री ‘निकट’ मानिएका व्यवसायीले न्यूनतम योग्यता नपुगे पनि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सत्तारुढ दलका नेताको ‘विशेष अग्रसरता’मा नियुक्त व्यक्तिले २० करोड घुस मागेको आरोप सार्वजनिकरूपमै लगाउँदा पनि कसैको मौन टुट्नेछैन । झापाको एउटा अस्पतालका  सञ्चालकले मेडिकल कलेज चलाउन सम्बन्धन माग्दा आफूसँग चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड रुपियाँ घुस मागेको दाबी गरेर पत्रकार सम्मेलनै गरेका छन् । उनको आरोपलाई तत्कालै आरोपित व्यक्तिले खण्डन गरे पनि यो सबैले चुपचाप तमासा हेर्न हुने विषय होइन ।

आरोप लगाउने व्यवसायीको पहुँच सत्तारुढ दलका दुवै अध्यक्षसम्म रहेको त उनले खुवाएको ‘मार्सीको भात’कै कारण दुनियाँले थाहा पाइसकेका थिए । चिकित्सा शिक्षामा रहेका विकृतिको सुधार अभियानमा क्रियाशील सत्याग्रही प्राध्यापक डा. गोविन्द केसीविरुद्ध उनले चर्कै ‘प्रतिकार’ गरेका थिए । उनको विवादास्पद छविका कारण तिनको आरोपलाई सत्य ठानी हाल्न भने सकिँदैन । तर, आरोपित व्यक्तिको छवि पनि उज्यालो भने छैन । न्यूनतम योग्यतै नपुगे पनि राजनीतिक कृपाका कारण चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएको आरोप उनलाई लागेको छ । संयोग, यिनीहरू दुवै जनाप्रति सत्याग्रही डा. केसीले पहिले नै औँला ठड्याएका थिए । अर्को संयोग, दुवै जना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूका ‘प्रिय पात्र’ पनि हुन् ।

आरोप सिद्ध नहुँदासम्म अभियुक्तले शंकाको सुविधा पाउँछ । तर, शंकाको सुविधा अनन्त कालका लागि हुँदैन । सार्वजनिक पदमा रहेको व्यक्तिमाथि कसैले अंक र ठाउँ नै किटेर ‘घुस मागेको’ आरोप सार्वजनिकरूपमै लगाइसकेपछि पनि घटना सामसुम पारियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत भ्रष्टाचारविरुद्ध क्रियाशील हुनुपर्ने राज्यका अंग र निकायको साख गिर्ने निश्चित् छ । भ्रष्टाचार गरे पनि सत्तारुढ दलका नेताहरूको संरक्षण प्राप्त भएमा कारबाहीबाट जोगिन सकिन्छ भन्ने अहिले बढ्दै गएको जनविश्वास अझ व्यापक हुनेछ । यसैले झापाका अस्पताल सञ्चालकको आरोपलाई गम्भीरतापूर्वक लिएर राज्यका सम्बन्धित अंगले तत्काल छानबिन गरी यथार्थ सार्वजनिक गर्नु जरुरी देखिन्छ । आफैँ अग्रसर भएर अनुसन्धान गर्ने अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनामा कारबाही गर्नु उचित हुनेछ । यस घटनामा पनि मौन रह्यो भने अख्तियारमाथि लागेको नेकपा (नेकपा)को ‘कठपुतली’ भएको आरोप प्रमाणित हुनेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC