site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
दक्षिण अफ्रिका । दक्षिण सुडानमा केही हप्ता अघि भएको प्रतिस्पर्धी दुई सैन्य समूहबीचको झडपपछि यहाँबाट करिब ६० हजार मानिस विस्थापित भएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले मङ्गलबार सार्वजनिक गरेको छ । 
 
विस्थापितमध्ये अतिकांश अर्थात् ५२ हजार सुडानी नागरिक युगान्डामा शरण लिन पुगेका छन् भने सात हजार सुडान तथा एक हजार केन्या पुगेका राष्ट्रसङ्घद्वारा मङ्गलबार जारी एक विज्ञप्तिमा जनाइएको छ । 
 
सन् २०१३ मा सुरु भएको गृहयुद्धका कारण करिब नौ लाख दक्षिण सुडानी नागरिकहरु देश छोडेर शरणार्थी जीवन बिताउन बाध्य भएको सुडानमा सन् २०१३ को तथ्याङ्कअनुसार जम्मा एक करोड १० लाख जनसङ्ख्या छ । 
 
सुडानमा व्याप्त द्वन्द्व अन्त्यका लागि भन्दै द्वन्द्वरत पक्षबीच सन् २०१५ मा युद्धबिराम गरी शान्ति वार्ता सुरु गरिएको भए पनि पटक–पटक द्वन्द्वरत पक्षबीच असमझदारी देखिँदा झडपका घटना भइरहने पवृत्ति दोहोरिएको छ । 
 
यसैगरी दक्षिण सुडानमा शरणार्थीका रुपमा जीवन बिताइरहेका करिब दुई लाख ५० हजार आप्रवारी शरणार्थी पछिल्ला झडपका घटनापछि असुरक्षित बनेको भनी राष्ट्रसङ्घमा सुरक्षाका लागि पहल गर्न अनुरोध गर्दै आएका विभिन्न सञ्चारमाध्यमले बताएका छन् । रासस÷एपी 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC