site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौंको नेतृत्वमा वैकल्पिक पार्टीहरू !

वैकल्पिक शक्ति हुने चाहना राखेर संगठित नयाँ राजनीतिक दलका उमेदवारले मूल धारका दलको पसिना छुटाएका छन् ।
स्थानीय चुनाव नजिकिँदै गर्दा चुनावी वातावरण पनि बन्न थालेको छ । मूल धारका राजनीतिक दलले उमेदवारीको टुंगो लगाउनै नसकिरहेको बेला वैकल्पिक राजनीतिक पार्टीका रूपमा देखिएका विवेकशील नेपाली र साझा पार्टीले काठमाडौंको मेयरमा आआफ्ना उमेदवार घोषणा गरेका छन् ।  

साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी २१ वर्षीया रञ्जु दर्शनाको चर्चा अहिले मूलधारका दलको भन्दा बढी छ । साझा पार्टीका तर्फबाट केही दिनअघि घोषित उमेदवार किशोर थापाको व्यक्तिगत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।

उनका बारेमा थाहा नभएका अधिकांशलाई किशोर थापा को हुन् भन्ने अन्योलमै छ । उता रञ्जु दर्शना भने विगत तीन वर्षदेखि विवेकशील नेपालीमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफ्नो सामाजिक प्रतिष्ठा स्थापित बनाएर विभिन्न मिडिया प्रकट हुँदैआएकी छन् । रञ्जुले डा. गोविन्द केसीको आन्दोलनमा सक्रिय भूमिका खेलेकी थिइन् र विवेकशील नेपालीको आयोजनामा भएको विभिन्न कार्यक्रममा उनको नेतृत्वदायी भूमिकाले प्रशस्त प्रशंसक कमाएकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेकै वातावरण हेर्ने हो भने विवेकशीलकी रञ्जु दर्शना मिडिया र सामाजिक संजाल प्रयोगकर्ताको केन्द्रबिन्दु (सेन्टर प्वाइन्ट) बनेकी छिन् । “हामी टायर बाल्ने हैन फूल रोप्ने राजनिति गर्छौ” भन्दै रञ्जुले ट्विटरमा गरेको पोस्ट केही बेरमै भाइरल भयो भने पोस्टको विरोध गर्ने एक जना एमाले नेतृले गाली खेप्न नसकेर ट्विटर प्रयोगकर्तालाई ब्लक गरेपछि सञ्जाल झनै तातेको थियो । अहिले सामाजिक संजालमा भोट रञ्जु भनेर ट्रेन्ड चल्न थालिसकेको छ भने मूलधारका मिडिया र मिडियाकर्मी तथा प्रतिष्ठित व्यक्तिले समेत रञ्जुको प्रशंसा गरिरहेका छन् । 

चुस्त संगठनका रूपमा ख्याति कमाएको विवेकशील पार्टीको एकतामा प्रश्न उठाउने ठाउँ छैन । भूकम्प गएको २५ मिनेटमा पार्टीका नेता कार्यकर्ता खटिएर उद्धार गरेकोमा विवेकशीलले पटकपटक वाहवाही पाएको छ । डा. गोविन्द केसीको सत्याग्रहमा निःस्वार्थ शान्तिपूर्ण आन्दोलनको जिम्मा लिएको विवेकशीलले जनतालाई दु:ख नदिईकन पनि सरकारलाई खबरदारी गर्ने सकिन्छ भनेर नमुना पेस गरिसकेको छ ।

Global Ime bank

पारदर्शी काम गर्ने शैलीले आफूलाई राम्रो पार्टी भनेर चिनाएको विवेकशीलले आफ्नो सम्पूर्ण शक्ति अहिलेको स्थानीय चुनावमा काठमाडौं केन्द्रित गरेर नमुना र सक्षम नेतृत्व गरेर देखाउन चाहन्छ । रञ्जुले यो चुनाव जिते विवेकशील पार्टीले आफ्नो सम्पूर्ण शक्ति काठमाडौंमा लगाएर असल राजनीतिक दलका रूपमा स्थापित भएरै छाड्नेछ जस्ले उसलाई अर्को चुनावमा देशभरिबाट विश्वास जित्न सजिलो हुन्छ । 

अर्कातिर, रविन्द्र मिश्र र साझा पार्टीलाई ट्याग गरेर विगत केही दिनदेखि आर्किटेक्ट किशोर थापाले प्रशासनमा हुँदा के के गरे भनेर जवाफ माग्नेको पनि कमी छैन । सरकारी निकायमा राम्रा काम गरेर नाम कमाएका किशोर थापाले दोस्रो चक्रपथ आयोजनाको नेतृत्व गरेको भन्ने बाहिर आएको छ ।  तर, यत्तिले मात्रै उनको नेतृत्व कौशलको पुष्टि हुन सक्तैन । सरकारी जागिरबाट अवकाश पाएर बसेका किशोर थापा एसएलसी 'बोर्ड फस्ट' हुन् । यस योग्यताले साझालाई 'लास्ट बेन्चर्स पोलिटिक्स'बाट बाहिर निस्कने नारा लगाउन सहयोग गरेको छ । 

भर्खरै घोषणा भएको साझा पार्टीसँग विवेकशीलसँगभन्दा धेरै नै प्रशासनिक अनुभव भएको टोली छ । तर, अहिलेसम्म साझाले आफूलाई स्थापित गर्ने काम भने केही गरेको छैन । प्रशासनिक क्षेत्र र पहिले विभिन्न दलमा लागेका नेता सँगालेको साझा पार्टीको आफ्नै एकता पनि विवेकशीलको जस्तो सजिलो भने छैन । अबको अवस्थामा साझाले किशोर थापाले के के राम्रा काम गरे भनेर आफ्ना भोटरलाई बुझाउन अत्यन्त जरुरी छ । 

अहिलेकै उमेदवारमा नै कडा टक्कर देखिएको काठमाडौंमा मूलधारका दललाई पनि पसिना छुटाउने वातावरण बनिसकेको छ । भोट माग्दा युवा चाहिने र कुर्सीमा बस्दा बुढा नै चाहिने परिपाटी बसालेका दलहरूलाई यी वैकल्पिक राजनीतिक दलका रूपमा देखिएका दललाई  टक्कर दिने कुशल नेतृत्व छान्न सजिलो भने छैन । 

विवेकशील र साझा पार्टी एक हुनुपर्छ भन्ने सकारात्मक राजनीतिको पर्खाइमा रहेका युवालाई भने यो टक्कर खुसीको कुरा पक्कै हैन । अहिलेकै अवस्थामा एकीकरण हुन नसके पनि चुनावी तालमेल हुनसक्ने विवेकशीलको तर्क छ । तर, यस विषयमा साझा पार्टीले अफ्नो कुनै धारणा व्यक्त गरेको छैन । काठमाडौको मेयरमा उमेदवार घोषणा गर्ने सम्भवत पहिलो पार्टी साझाले चुनावी वातावरणा बनाउँदै लगेको छ भने विवेकशीलले अफ्नो उमेदवार घोषणा हुनुपूर्व  नै चुनावी अभियान चलाइरहेको छ । 

यसरी आआफ्नो संगठनबाट उठेका उमेदवारका कारण सकारात्मक र परिवर्तन चाहने एकै प्रकारका मतदाता भने बाँडिने अवस्था छ । सकारात्मक शक्तिहरू नै आपसमा लडेपछि पुरानै दहलले मौकाको फाइदा उठाएर दुवै दललाई पाखा लगाउन सक्छन् । विकल्पिक राजनीतिको उदाहरणा प्रस्तुत गरेको विवेकशील र वैकल्पिक राजनितिमा पाइला टेक्दै गरेकको साझा पार्टी  दुवै समझदारीमा आएर काठमाडौको मेयर र उपमेयरमा लडे दुवैको जितको वातावरण बन्ने थियो भने काठमाडौं बासीले पनि जितेको महसुस गर्नेथिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०७४  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC