site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फाइभ–जी स्मार्टफोन बिक्री गर्नमा सामसुङ विश्वमै अगाडि 
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माणकर्ता सामसुङले यस वर्ष फाइभ–जीमा आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पारेको छ । २०१९ मा मात्र आधा भन्दा बढी विश्वबजारमा सामसुङले ६७ लाख फाइभ–जी स्मार्टफोन विक्री गरेको बिहिबार जानकारी दिएको हो । यस दक्षिण कोरियाली प्राविधिक कम्पनीले ४० लाखको आफ्नै अपेक्षा पार गर्दै सो सफलता हासिल गरेको बताएको छ । 

सामसुङले गत मेमा लन्च गरेको ग्यालेक्सी एस–टेन फाइभ–जी मार्फत द्रुत गतिको नेटवर्कमा अत्याधिक लाभ उठाउँदै सबै प्रतिस्पर्धीलाई हराएको हो । आइफोन निर्माणकर्ता एप्पलले भने २०२० को अन्त्यसम्ममा मात्र फाइभ–जी सँग सम्बन्धित प्रविधि ल्याउने अपेक्षा गरिएको छ । तर सामसुङले ग्यालेक्सी सिरिज अन्र्तगत नोट टेन फाइभजी, नोट टेन प्लस फाइभजी, ए९० फाइभजी र ग्यालेक्सी फौलड फाइभजीगरी चारवटा अन्य फाइभ–जी स्मार्टफोन सार्वजानिक गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीका रिसर्च प्रमुख टीएम रोले भनेका छन्, “हामी आगामी दिनहरुमा उपभोक्तालाई अझ बढी फाइभ–जी डिभाइसको अनुभव दिलाउन उत्साहित छौँ जुन कुनैबेला असम्भव ठानिएको थियो । ” वास्तवमा सामसुङले हुवावे र वासिङटनबीच जारी विवादबाट अधिक लाभ प्राप्त गरेको बताइएको छ । गत वर्ष अमेरिकाले हुवावेलाई कालोसूचीमा राखि सबै प्रमुख कम्पनीलाई यससँग कारोबार गर्नमा प्रतिबन्ध लगाएको थियो । यसले विशेषगरी हुवावेको फाइभ–जी नेटवर्क योजनामा क्षति पुर्याएको हो । किनकी अमेरिकाको दबाबमा न्युजिल्यान्ड, अष्ट्रेलिया लगायतका देशले पनि हुवावे उपकरणको प्रयोग निषेध गर्ने निर्णय गरेका थिए । 

यसरी वायरलेस प्रविधिको व्यापकता बढ्दै जाँदा सामसुङको अग्रता कायम रहने प्राविधिक विज्ञहरुको भनाइ छ । किनकी अहिले चीन बाहिर फाइभ–जी स्मार्टफोन निर्माण गर्ने यो एकमात्र कम्पनी हो ।  सिएनएन  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC