site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । उत्तर कोरियाले बुधबार बिहान छाडेको ब्यालेस्टिक मिसाइल जापानको नियन्त्रणमा रहेको समुद्रमा खसेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रतिबन्ध लगाए पनि यसरी मिसाइल हान्ने मुलुक उत्तर कोरियामात्रै हो । 
जापानका एक जना सुरक्षा अधिकारीलाई उद्धृत गर्दै रोयटरले यसले क्षेत्रीय तनाव बढाएको समाचार दिएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले यसलाई जापानको सुरक्षामा गम्भीर खतरा भन्दै कडा विरोध गरेका छन् । 
यो मिसाइल मध्यम दूरीको अर्थात् हजार किलोमिटरसम्म प्रहार गर्न मिल्ने प्रकारको भएको दक्षिण कोरियाली अधिकृतले बताएको पनि रोयटरले उल्लेख गरेको छ ।
गत जुलाई १९ मा पनि उत्तर कोरियाले मध्यम दूरीका ३ वटा मिसाइल प्रक्षेपण गरेको थियो । 
लामो दूरीको मिसाइल र आणविक परीक्षण गरेपछि यही वर्षको जनबरी महिनादेखि उत्तर कोरियामाथि प्रतिबन्ध लगाइएको छ ।  
यसैबीच अमेरिकाले मिसाइल प्रक्षेपणको कडा निन्दा गरेको पनि रोयटरले जनाएको छ ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC